कतारमा मगर भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न

Read Time:4 Minute, 26 Second


प्रदेशि भुमि कतारमा मगर भाषा तथा लिपिको बारेमा प्रशिक्षण दिईएको छ।

बिजय कुमार मगर

दोहा कतार, चैत्र १५

नेपाल मगर संघ, कतार शाखाको मातहतमा रहेको भाषा, लिपि, साहित्य अध्ययन तथा अनुसन्धान बिभागका उपसंयोजक अभिमत पुनको संयोजकत्वमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । गएको शुक्रबार सनैया १५ स्थित टेष्टी प्यालेश रेष्टुरेष्टमा भएको प्रशिक्षण कार्यक्रममा मगर एबं गैरमगरको सहभागीता थियो ।

नेपाल मगर संघ कतार शाखाका अध्यक्ष महेन्द्र थापाको अध्यक्षता र प्रमुख सल्लाहकार भिम तरामुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाह्र मगरातमा बोलिने मगर ढुट भाषा र अठार मगरातमा बोलिने खाम भाषा र मगरहरुको एउटै लिपि अख्खा लिपिको बारेमा प्रशिक्षण दिईएको थियो ।

अठार मगरातमा बोलिने (बिशेष गरी राप्ती अंचलतिर) मगर खाम भाषाको बारेमा नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय सदस्य एबं भाषा तथा लिपिका उपसंयोजक अभिमत पुन र बाह्र मगरात क्षेत्रमा बोलिने ढुट भाषा र मगरहरुको एउटै लिपि अख्खा लिपिको बारेमा मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामुले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल मगर संघ, शाखा कतारका बर्तमान सल्लाहकार सदस्यहरु नारायण राना, मीन लाल सारु, जनक थापा, खिम बहादुर राना, पुर्ब सल्लाहकार केशव राना, नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना, केन्द्रिय समितिका प्रथम उपाध्यक्ष शेर रोका, द्धितिय उपाध्यक्ष तथा अनुशासन बिभागका संयोजक लिलम्बर चिदि, केन्द्रिय समितिका महिला बिभाग संयोजक इसोरा थापा, दोहा एरिया समितिका अध्यक्ष उद्धब सारु, सनैया ए एरिया समितिका कार्यबाहक अध्यक्ष अम्बर थापा सनैया बि एरिया समितिका अध्यक्ष धन बहादुर सारु, वक्रम एरिया समितिका कोषाध्यक्ष श्याम पुलामी, एन, आर,एन, ए (एन,सि,सि) कतारका सदस्य भिम थापा लगाएतका पाहुनाहरुको सहभागीता थियो । प्रमुख अतिथि र अतिथिहरुबाट दिप प्रज्वलन र ब्यानर अनावरण पछि शुरु भएको कार्यक्रममा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रथम सहिद क्याप्टेन लखन थापा मगर तथा अन्य ज्ञात अज्ञात शहिदहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । केन्द्रिय समितिका प्रथम उपाध्यक्ष शेर बहादुर रोकाले कार्यक्रममा सहभागी पाहुनाहरुलाई स्वागत गरेका थिए भने द्धितिय उपाध्यक्ष लिलम्बर चिदिले समग्र कार्यक्रमको बारेमा जानकारी दिएका थिए । केन्द्रिय समितिका महासचिब बिजय कुमार मगरले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रम सफल बनाउन द्धितिय उपाध्यक्ष लिलम्बर चिदिले आवश्यक डायरी पेन्सिल र केन्द्रिय सचिब रबिन थापाले ब्यानर सहयोग गर्नुभएको थियो । कार्यक्रमका सभापति महेन्द्र थापाले प्रवासमा रहेर पनि मगर भाषा र लिपिको संरक्षण गर्ने मनशायले दोश्रो पटक भाषा र लिपि संरक्षण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %