लागुऔषध सेवनकर्ताको संख्या अत्याधिक

Read Time:4 Minute, 36 Second

गोविन्द घर्ती,

रुपन्देही,चैत्र १४

रुपन्देहीको देवदह क्षेत्रमा लागुऔषध सेवनकर्ताको संख्या अत्याधिक रहेको पाईएको छ । नेपाल र भारतको सिमा नाका खुल्ला भएका कारण पनि लागुऔष सेवनकर्ताको संख्यामा बृद्धि भएको हो । देवदह प्रहरी चौकीको अभिलेख अनुसार गत २०७१ साल चैत्र २३ गते देखि २०७२ साल फागुन मसान्त सम्म १ सय २ जना लागुऔषध प्रयोग कर्ताहरु पक्राउ परेका छन् । पक्राउ परेका मध्ये ४७ जनालाई कारवाहीको लागि जिल्ला पठाईएको, ३७ जनालाई दैनिक तारिखमा छोडिएको, ६ जनालाई सचेत गराएर छोडेको र १२ जनालाई सुधार गृहमा पठाएको देवदह प्रहरी चौकीका प्रमुख गिरीराज अर्यालले बताउनु भयो ।

 करिव ११ महिनाको अवधीमा लागुऔषध मध्ये ब्राउन सुगर४२ ग्राम, स्पास्मा क्याप्सुल ४२ पिस, गाजा करिव ५ किलो, नाईट्रोसन ट्याव ६८ पिस, नुफिन, सेरिजको सुई ७ सेट, बरामद गरिएको देवदह प्रहरी चौकीले जनाएको छ । प्रहरीको सक्रियता संगै देवदह क्षेत्रमा व्राउन सुगर प्रयोगकर्ताहरुको संख्यामा कमी आएको प्रहरीको दावी रहेको छ । व्राउन सुगर कम भएपनि लागुऔषकर्ताहरुको भने कमी आउन नसकेको छैन । प्रहरीको अभिलेख अनुसार पनि व्राउन सुगरमा कमी भएपनि गाजा सेवनकर्ताहरुको संख्या भने दिन प्रतिदिन बढिरहेको देखिन्छ । शुरु शुरुमा व्राउन सुगर तथा अन्य कडा किसिमका लागुऔषध प्रयोगकर्तालाई लक्षित गरिएको भएपनि पछिल्लो समयमा गाजा सेवन कर्तालाई समेत निगरानीमा कडाई गरिएकोले गाजा सेवनकर्ताहरुको संख्या बढिदेखिएको प्रहरीको भनाई रहेको छ। लागु औषध प्रयोगकर्ताहरु मध्ये अधिकाश १५ देखि २५ बर्ष उमेर समुहको भेटिने गरेको देवदह प्रहरी चौकीले जनाएको छ ।

शुरु शुरुमा साथीको लहैलहैमा लागेर खान सिक्ने र पछि गएर नियमित रुपमा लागुऔषध प्रयोगकर्ताको रुपमा परिणत हुने प्रहरीको भनाई रहेको छ । अभिभावकले चासो नदिदा वालवालिकाहरु लगुऔषध प्रयोगकर्ताको रुपमा लाग्ने गरेको भेटिन्छ । लागु औषध नियन्त्रणको लागि प्रहरीको मात्रै सक्रियता भएर नियन्त्रण हुन नसक्ने देवदह प्रहरी चौकीका प्रमुख अर्यालको भनाई रहेको छ । लागुऔषध नियन्त्रणको लागि परिवार, अभिभावक, विद्यालयले विशेष भूमिका खेल्नु पर्ने अर्यालको भनाई रहेको छ । अभिभावकले आफना छोरा छोरी प्रति जिम्मेवार व्यवहार नगर्दार विद्यालयले विद्यार्थी प्रति जिम्मेवारीबोध नगर्दा लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि भएको उहाको भनाई रहेको छ । लागु औषध प्रयोगकर्ताहरुलाई सचेत गराउने र सुधारको लागि प्रयास गर्ने हो भने सुधार हुन सक्ने अनुसन्धानले देखाएको छ ।

आफना नानीवावुहरुको व्यवहारमा परिवर्तन भएकोछ, आवश्यक भन्दा बढि रकम माग्ने गरेकोछ, समय फुर्सदिलो छ भने लागुऔषध प्रयोगकको संभावना बढि हुन सक्छ ।  यस्तो अवस्थामा अभिभावकले वालवालिका संग खुल्ला कुरा गरेर समस्याको समाधान समयमै गर्न पहल गर्नु पर्दछ । लागुऔषध नियन्त्रणको लागि अभिभावक, शिक्षक, विद्यालय र स्थानीयवासी लाग्नु पर्ने देखिन्छ । सवै मिलेर लागु औषध नियन्त्रणको लागि काम गर्नेहो भने सभ्य समाज निर्माण गर्न कुनै कठिनाई नरहन सक्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %