उमेश राई
मार्च,२६- युएई ( संघीय समाजवादी फोरम,नेपालको युएई स्थित भातृसंस्था नेपाली संघीय समाज युएईको नव निर्वाचित पदाधिकारी, सदस्यहरु एवं शुभचिन्तकहरु विचमा राखिएको बधाई तथा शुभकामना साथै चियापान,कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएकोछ र
समाजका नव(निर्वाचित अध्यक्ष हरि बहादुर घर्तीमगरको सभापतित्व,केन्द्रिय प्रतिनिधि भुवन राईको प्रमुख आतिथ्य र प्रमुख सल्लाहकार कटक राई, त्रिसुली समाज युएईका अध्यक्ष हरिमान तामांग,नेपाल मगर संघ युएईका अध्यक्ष शुशी पुलामी मगर,समाज सेवी,रेशम थापा मगर,गङ्गा घले समेत अतिथि रहेको कार्यक्रमलाई प्रमुख अतिथि राईले उद्घाटन गरेका थिए ।
दोस्रो महाधिवेशनवाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी, सदस्य एवं शुभचिन्तकहरु विच एक(आपसमा परिचयगर्दै शुभकामना आदानप्रदान र मुलुकमा चलिरहेको पहिचान र अधिकारको आन्दोलनमा आफ्नो पार्टी, नेतृत्वदायी भूमिकामा रहेकोले, दोर्सो महाधिवेशनको दिनमा नै पाल्पा भएको मगरात स्वायत्त प्रदेश घोषणा(सभाको निम्ति रु ४०,०००र( रु, चालिस हजार पठाई सकिएको छ र अझ युएईवाट पार्टीलाई के कस्ता किसिमका सहयोग पुर्याउन सकिन्छ भन्ने उदेश्यले, विदेशमा दिउटीको समयलाई मध्यनजर गर्दै, यसै अवसरमा समाजको पहिलो बैठक पनि बोलाइएको समाजकी उपाध्यक्ष भगवती चामलिंग राईले बताइन् ।
उक्त शुभकामना आदानप्रदान कार्यक्रममा, नेपाली कांग्रेस,एमाले एमाओवादीको कू(शासन स्वेच्छाचारी वाट उकुस(मुकुस भै, उक्त पार्टी परित्यागगरी फोरम नेपालमा प्रवेश गरेका २ दर्जन नव प्रवेशीहरुको प्रतिनिधित्व गर्दै, करिव दुई दशकदेखि नेपाली कांग्रेसमा रही, क्याम्पसमा नेविसंघको उपाध्यक्ष पदमा र डडेलधुरा जिल्लाका जिल्ला,इलाका र गाविसमा काम गरिसकेका हाल आबुधाबी क्षेत्रीय समितिको अध्यक्ष पदका जिम्वेवारी पाएका करण सिङ्ग बिष्टले, नेपाली कांग्रेस मात्रै होइन कि एमाले र एमाओवादी समेतपनि अव कथित उच्च जातिय अहंकार बोकेको घोर जातिवादी एवं सुकिला मुकिलाहरु मात्रै जमघट भएको पार्टी भएको, उनीहरुको दलाली गर्नेहरु मात्रै यी पार्टीमा रहन र अटाउन सक्ने हुँदा, अव सवै जाति वर्ग,क्षेत्रको निम्ति मुलुकको आशाको केन्द्र विन्दू केवल संघीय समाजवादी फोरम,नेपाल मात्रै भएकोले आफूहरु फोरममा प्रवेश गरेको वताए र
निर्वाचित कार्यसमितिलाई बधाई शुभकामना मन्तव्य दिदै अत्यन्तै भावुक मुद्रामा, केन्द्रिय प्रतिनिधि एवं कार्यक्रमका प्रमुख अतिथि राईले एमाले,कांग्रेस र एमाओवादीले उत्पीडित जाति समुदाय संग पटक पटक गरेका सहमति सम्झौता तोडेर देशमा द्वन्द्व निम्त्याएको अशान्ति मच्चाएको र बिदेशीहरुको छल खेल गर्ने अवसर दिएको हुँदा, अव मुलुकका सवै जनता मिलेर यी दलहरुलाई फोहर राख्ने कन्टेनरमा नफ्याकेसंम मुलुकका जनतालाई सुख र शान्ति नहुने जिकिर गरे।
सोहि क्रममा आफ्नो मन्तव्य दिदै, समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति घर्ति मगरले आफु अध्यक्ष भएको २१ दिन पहिला नेपाली संघीय समाज युएईलाई युएईको नम्बर १ संस्था बनाई छाड्ने प्रतिबद्दता जाहेर गरेकोमा आज पहिचान बिरोधि बिभीन दल परित्यागगरी हाम्रो समाजमा प्रवेशगर्नेको यो दर्जनौको ताती देख्दा, अहिले नै नेपाली संघीय समाज,युएई युएईको नम्बर १ संस्था भै सकेको दावी गर्दै, पहिचान विरोधी ३ दलको सरकारले मधेसमा पहिचान अधिअकार माग्ने ५ दर्जन पहिचान्वादी जनताको टाउकोमा गोली ठोकेकोमा आक्रोशित हुँदै, हिम्मत भए २ करोड पहिचानवादी जनतालाई गोलि ठोकी मार्न चुनौती दिए ।
कार्यक्रमलाई उपाध्यक्ष भगबती चामलिंग राईले स्वागत गरेकी थिइन् भने, महासचिव तेज राई र सचिव चन्द्राकला साम्पांग राईले संचालन गरेका थिए।
