गोविन्द घर्ती मगर
देवददह चैत्र,१३ – देवदह रेडक्रस सोसाईटी देवदह शाखाको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । देवदह शाखाका सभापति गोपाल ढकालको अध्यक्षता र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका उपसभापति दिपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यतामा बार्षिक साधारणसभा सम्पन्न भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले स्वास्थ्य क्षेत्रमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । उनीहरुले मानवीय सेवा नै सवै भन्दा ठूलो धर्म भएकोले मानवीय सेवामा सदैव लाग्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका उपसभापति दिपक क्षेत्री न्यौपाने, सल्लाहकार रमेश मुनाङ्गकर्मी, देवदह नगर विकास समितिका अध्यक्ष दिल्लीराज मरासिनी, मदन आश्रित प्रतिष्ठानका टंकप्रसाद पोखरेल, आजिवन सदस्य दुर्गाप्रसाद पौडेल, गाउ वन समन्वय सञ्जाल देवदहका अध्यक्ष खेमनारायण अधिकारी, एकिकृत माओवादीका कृष्ण ढकाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सो अवसरमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शाखाका सभापति गोपाल ढकालले देवदह क्षेत्रमा दिन प्रति दिन जनघनत्व बढ्दै गईरहेकोले थप एम्वुलेन्सको आवश्यकता रहेको औल्याउनु भयो । कार्यक्रममा शाखाका कोषाध्यक्ष तारानाथ खरेलले करिव १० लाख वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । शाखा उपसभापति कृष्णप्रसाद न्यौपानेको स्वागत र सचिव जयकिशन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
