सोनु थापा मगर ,
बुटवल । १२,चैत्र । कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले आफ्ना शेयर सदस्यहरुलाई लक्ष्यित गरी एक दिने सहकारी शिक्षा तालिम सञ्चालन गरेको छ । शुक्रबार सम्पन्न भएको तालिमको जिल्ला सहकारी डिभीजन कार्यालय रुपन्देहीका पुर्व निरीक्षक चन्द«कान्त भट्टराईले सहजीकरण गर्नु भएको थियो । उक्त तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीलाई ब्यबस्थित गर्न सरकारले तत्कालै स्पष्ट नीति ल्याउनु पर्नेमा जोड दिएका छन् । सो अबसरमा पुर्व निरीक्षक चन्द«कान्त भट्टराई ,कानुङ सहकारीका संस्थापक अध्यक्ष हिरा बहादुर भलामी लगायतले बोल्नु भएको थियो । सहकारीका अध्यक्ष जङ्ग बहादुर श्रीसको अध्यक्षता,उपाध्यक्ष टोप बहादुर थापाको स्वागत तथा सचिव हरीदेव थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तालिममा सहकारीका १ सय बढी शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
कानुङ्द्वारा सहकारी शिक्षा तालिम
Read Time:1 Minute, 23 Second
