राज्य सत्ता ब्युरो
काठमाण्डौ,चैत्र ७ – जिल्ला अदालत काठमाडौंले साइबर क्राइमको मुद्दामा आदिबासी जनजाति महासंघका पुर्ब नेता आङकाजी शेर्पालाई सफाई दिएको छ ।
न्यायाधीश हरिप्रताप केसीको इजलासले शेर्पाविरुद्ध सरकारले लगाएको दाबी अभियोग नपुग्ने ठहर गरेको हो । गत भदौ ७ मा भएको टीकापुर घटनालाई लिएर समाजिक सञ्जालमा भ्रमपूर्ण र सामाजिक सद्भाव खलबल्याउने पोष्ट गरेको भन्दै प्रहरीले शेर्पालाई १६ भदौमा पक्राउ गरेको थियो । संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पा १६ दिनपछि धरौटीमा छुटेका थिए ।
