कृष्ण सारू मगर
मानमारबहराईन जय कला जय कलाकारू भन्ने नाराका साथ अन्तराष्ट्रिय नेपाली कलाकार मञ्च बहराईनको दोस्रो प्रस्तुति आयोजनामा यही आउँदो १ अप्रिल २०१६ सुक्रबारका दिन नेपालीहरूको नयाँ वर्ष २०७३को पावन अवसरमा शुभकामना आदान प्रदान संगै साँस्कृतिक साँझको आयोजना कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा हरेक गीत, संगीत पारखीहरूको मनको ढुकढुकी बहु चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायिका देबि घर्ती मगर, गायक हिमाल सागर, तुलसी शिवाकोटी, प्रलय चौंलागाईं लगायत साथमा स्थानिय कलाकारहरूको बेजोर्ड प्रस्तुति प्रस्तुति रहने आयोजक समितिले जनाएको छ।
उक्त साँस्कृतिक साँझ नेपाली नयाँ बर्ष २०७३ को शुभकामना आदान प्रदान संगै कार्यक्रमलाई भब्य र सभ्य संपन्न गर्नरगराउन बहराईनको राजधानी मानमा स्थित डेल्मन इन्टरनेशनल होटलको प्राङगणमा गरिमामय उपस्थितिका लागि याहा स्थित रहनु हुने सम्पुर्ण गीत, संगीत पारखी आदरणीय नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूमा आयोजक समिति परिवार हार्दिक अपिल गर्दछ ।