खपाङ्गी मगरलाई हितान पुरस्कारले सम्मान गरिने – प्रेस विज्ञप्ति

    मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले जीबसीम साहित्य पुरस्कार–२०७१, पोखरा–७, एयरपोर्ट निवासी रुद्रबहादुर हितान मगर, जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७१, मिरुल–५, दाइपो, रोल्पा निवासी समिप बैरागी (टंकबहादुर झाँक्री मगर), र जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७१, गोरेबहादुर खपाङ्गी मगरलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपालको इतिहासमा पहिलो महिला सम्माननीय सभामुख ओनसरी घर्ति मगर ‘उषा’ लाई सम्मान गरिने छ । मगर भाषा साहित्यमा उत्कृष्ट कृतिका श्रष्टा र मगर समाजमा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत सहित सम्मान गरिने जानकारी गराउन चाहान्छौ ।

 जीबसीम साहित्य पुरस्कार–२०७१ को पुरस्कार राशी रु. ५०,०००/– छ । पुरस्कार राशी हरेक वर्ष रु. ५०००/– ले बृद्धि गर्दै लगिएको छ । मगर भाषामा  ‘लाङ्घाके आरमेट्नाङ्’ (गाउँलाइ सम्झन्दा, कविता संग्रह–२०५०) र ‘लखन ठापा ल्हीङ–रील्हीङ्’ (लखन थापा, गीती काव्य–२०७१) लेखेका हितान मगर, मगर जातिका अभियन्ता पनि हुन् ।   जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७१ को पुरस्कार राशी रु. १०,०००/– छ । अठार मगर खाम भाषामा पहिलो मुक्तक संग्रह ‘जिन्दगीला यम’ (मुक्तक संग्रह–२०७२) लेखेका बैरागी प्रतिभाशाली लेखक हुन् ।

  जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७१, को पुरस्कार राशी रु. २०,०००/– छ । नेपाल मगर संघ (तात्कालिन, नेपाल लाङ्घाली परिवार) संस्थापक केन्द्रीय सदस्य, पूर्व अध्यक्ष एवं पूर्व मन्त्री गोरेबहादुर खपाङ्गी मगर, मगरका धरोहर, आदिवासी जनजाति अभियन्ता र राजनीतिकर्मी हुन् ।

पुरस्कृत /सम्मानित व्यक्तित्वलाई २०७२ चैत्र २१ गते शनिवार काठमाडौंमा भव्य समारोह विच सम्मान सहित पुरस्कार वितरण गरिने भएकोले प्रेश विज्ञप्ति जारी गरिएको छ ।

मिति २०७२ चैत्र ६ गते