नेफेसो, युएईको नवनिर्वाचित कार्यसमितिको बधाई तथा शुभकामना आदानप्रदान हुने ।

हरिबहादुर घर्ती मगर

उमेश राई १९ मार्च,युएई स्( नेपाली संघिय समाज युएईको, दोर्सो महाधिवेशनवाट निर्वाचित कार्यसमितिको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम आगामी २५ मार्च शुक्रवार युएईको हम्दाम कर्नेशपार्कमा हुने भएकोछ ।

३ पार्टी एकीकरणपछी, गत ४ मार्च २०१६ सिटि लाइट ट्राभल एण्ड टुरिजम बरदुबई युएईमा, सम्पन्न भएको समाजको दोर्सो ऐतिहासिक महाधिवेशनले, जातीय पहिचान र प्रादेशिक स्वायत्ततासहितको संघिय गणातान्त्रिक संविधानको निम्ति, दसकौ देखि प्रवासमा संघर्ष गर्दै आएका, पहिचानावादी नेता हरि बहादुर घर्तिमगरको अध्यक्षमा नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुको विचमा परिचयात्मक कार्यक्रम गर्दै,बधाई तथा शुभकामना कार्यक्रम राखिएको हो ।

करिव ६ महिनासम्म मुलुकमा भएको, मधेस केन्द्रित आन्दोलनमा करिव ५ दर्जन नागरिकको हत्या हुँदा समेत पनि, उत्पीडित जाति,वर्ग र समुदायको अधिकारको सुनिश्चित गर्न, संविधान पूनर्लेखन एवं घोषित संविधानमा आवस्यक संसोधन गर्ने तर्फ राज्यले कुनै चासो नदिएको परिपेच्छेमा भएको, संघीय समाज युएईको दोर्सो महाधिवेशन पछिको, यो परिचयात्मक एवं बधाई तथा शुभकामना कार्यक्रमले, प्रवासमा रहेका पहिचानवादी शक्तिहरुलाई एक ठाउँमा बनाउदै, पार्टीले गर्दै आएको आन्दोलनलाई प्रवासवाट आवश्यक सहयोग गर्ने उदेश्य लिइएकोछ, साथै उक्त कार्यक्रमको अवसर पारेर, पहिचान र अधिकार विरोधी दलको रुपमा रहेका एमाले,कांग्रेस र एमाओवादीका, कार्यकर्ताहरु नेपाली संघीय समाज युएईमा प्रवेश गर्ने कार्यक्रम समेत रहेको नव निर्वाचित अध्यक्ष घर्ति मगरले वताए ।

उक्त कार्यक्रम समापन भएपछी, संघीय समाज युएईले महाधिवेशन पछिको पहिलो बैठक गर्दै, आगामी निंति कार्यक्रम लाउनेछ ्र साथै उक्त महाधिवेशन प्रतिनिधि,पर्यवेक्षक,नव निर्वाचित कार्यसमिति र समाजका शुभ चिन्तक ज्यूहरुको सम्मानमा नव निर्वाचित अध्यक्ष घर्तिमगर द्वारा विशेष जलपान कार्यक्रम राखिएको समेत महासचिव तेज राईले जानाकारी दिए ।