मगर संघमा नयाँ नेतृत्व चयन

Read Time:2 Minute, 32 Second
देव पचभैया                                                                 

चैत्र १ – नेपाल मगर संघ बुटवल उप–महानगरपालिका वडा नं. १३ मा नयाँ नेतृत्व चयन भएको छ । सोमबार डाउन टाउन पार्टी प्यालेस कालिकानगरमा भएको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट सर्वसम्मतबाट कृष्ण बहादुर कुवरमगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।  
 

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा विर बहादुर गर्वुजामगर, सचिवमा युवराज रानामागर, सहसचिवमा सावित्री रानामगर, कोषाध्यक्षमा गोकर्णकेशर थापामगर र सदस्यहरुमा यम बहादुर थापामगर, बालकृष्ण बुचामगर, सनिता रानामगर, माया थापामगर, रुद्र बलालमगर, रत्न काउचामगर, दुबल सिं गाहामगर, विष्णु सोमैमगर, धन बहादुर सारुमगर, मन बहादुर आलेमगर, यमकुमारी थापामगर, माला बुढामगर, कृष्ण बहादुर थापा सोमैमगर, चेतन थापामगर, निरु थापामगर, पहल बहादुर रेश्मीमगर, यमसरी थापामगर र लाल बहादुर थापामगर चयन भएका छन् । कार्यसमितिमा २ जना पछि थप गरेर २५ जनाको कार्यसमिति हुने निर्वाचन मण्डलका संयोजक खग प्रसाद पुनमगरले बताउनु भयो ।
 

वडाका अध्यक्ष मन बहादुर रानामगरको अध्यक्षता, मगर संघ बुटवल उप महानगरपालिकाका अध्यक्ष किशन बहादुर थापामगरको प्रमुख आतिथ्यता र सचिव गंगा बहादुर थापामगरको संचालनमा सम्पन्न कार्यक्रममा मगर संघ बुटवलका सचिव मनोज रानामगर, आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका सचिव आशिष सूर्यवंशीमगर, सल्लाहकार हेम बहादुर कनौजेमगर, जित बहादुर पुनमगर कमल रानामगर, नव निर्वाचित अध्यक्ष कृष्ण बहादुर कुवरमगर लगायतले मन्तव्य राखेका थिए । निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउदै नगर समितिका अध्यक्ष किशन बहादुर थापामगरले नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %