माया मगर
चैत २- चितवन नेपाल तामाङ घेदुङको चितवनमा भएको आठौं महाधिवेशनले अध्यक्ष पदमा मोहन गोलेलाई निर्वाचित भएको छ । कुल २४६ मत खसेकोमा गोले १३३ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी कुमार ब्लोनले १०८ मात्र पाए ।त्यसैगरी वरिष्ठ उपाध्यक्षमा बेली लामा विजयी भएकी छन् । १२९ मतका साथ विजयी भएकी उनी गोले प्यालनकै हुन् ।यसैगरी महासचिवमा गोले प्यानलकै बाबु घिसिङ ११४ मतकासाथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी प्रतिक ङेसुरले ११२ मत पाए ।यसैगरी महाधिवेशनबाट उपाध्यक्षहरुमा अजितमान तामाङ, कुमार घिसिङ तेजबहादुर तामाङ ९रमेश० र अमिर लामा मोक्तान बिजय भएका छन् ।अध्यक्षमा निर्वाचित मोहन गोले उदयपुरका हुन् र घेदुङका पूर्वाञ्चल कमाण्डरका रुपमा चिनिन्छन् ।