देव दुरा
मिति २०७२ फाल्गुण २९ – शनिवारका दिन दुरा सेवा समाजको आयोजनामा CANVAS International College बशुन्धरा, काठमाण्डौमा विगत २०७० साल देखी निरन्तर रुपमा लम्जुङ्ग दुराडांडा स्थित सिन्दुरे र नेटा गा.वि.स. को दुरा वस्तीहरुमा संञ्चालन हुदै आईरहेको नेपाल आदीवासी जनजाती महासंघ अन्र्तगत जलवायु परिवर्तन र रेडप्लस साझेदारी कार्यक्रम मार्फत समुदायमा आधारित सुचना तथा अनुगमन प्रणाली (CBMIS) सम्बन्धी एक दिने विचार गोष्ठी कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा उपत्यकामा रहेका दुरा समुदायका सदस्य महानुभावहरु लगायत लम्जुङ्ग दुराडांडा बासी प्रतिष्ठित व्यक्तित्वहरुर दुरा जातीका शुभचिन्तक तथा सहयोगी व्यक्तित्वहरु समेतको सहभागिता थियो ।
आजको विश्वको सेरोफेरोमा स्रोत तथा सम्पदाहरुको अत्याधिक दोहन र असन्तुलित प्रयोगले प्रयावरणीय प्रदुषणको चपेटामा परेर वर्वादी र विनासको संघारतिर धकेलिईरहेको अवस्थामा यस समुदायमा आधारित सुचना तथा अनुगमन प्रणाली (CBMIS) कार्यक्रम मार्फत स्थानिय रुपमा वन–जङ्गल, भुमी, प्राकृतिक स्रोतसंग दुरा समुदायको अन्तरसम्बन्ध र यसको संरक्षण र दिगो व्यावस्थापनको लागी समुदाय भित्र रहेको प्रथाजनित कानुन र परम्परागत संस्थाले खेलेको महत्वपूर्ण योगदान र भुमिका साथै दुरा समुदायको सामजिक अध्यानको बारेमा समाजशास्त्री डा. पासाङ शेर्पा ज्यूले प्रस्तुतिकरण गर्नुको साथै परियोजना क्षेत्र भित्र दुरा समुदायको जिवनशैलीमा आधारीत वृत्तचित्र समेत प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा दुरा सेवा समाज यू के का सचिव श्री फाराम बहादुर दुरा लयागत दुरा जातीका सहयोगी एंव शुभचिन्तकहरु च्याईस नेपालका डाईरेक्टर श्री विष्णु अधिकारी, दुराडांडा सेवा समाजको अध्यक्ष श्री निर्मल न्यौपाने, परामर्शदाता डा.पुर्णकान्त अधिकारी, दुराडांडा सेवा समाजको पूर्व अध्यक्ष इ. कृष्ण बहादुर राना लगायतका वक्ताहरुले परियोजनाको उपलब्धी र सम्भावनाका बारेमा आ–आफ्नो धारणहरु व्याक्त गर्नु भएको थियो ।
दुरा सेवा समाजको अध्यक्ष श्री गोकुल प्रशाद दुरा ज्यूको अध्यक्षतामा संञ्चालित उक्त कार्यक्रम दुरा सेवा समाजका महासचिव श्री बुद्धि बहादुर दुराले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम व्यावस्थापनमा दुरा सेवा समाजका पूर्व उपाध्यक्ष श्री मिथुन दुरा, पूर्व महासचिव याम बहादुर दुरा, उपत्यका समितिका अध्यक्ष श्री भुवन कुमार दुरा, पुर्व केन्द्रिय सदस्य शखंर दुरा, लयागतका सदस्यहरु खटिनु भएको थियो ।

