गोबिन्द घर्ती
फागुन २९ । स्थानीय शान्ति समिति देवदहले निर्माण गरेको शान्ति स्तम्भको अवलोकन कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रम वीच रुपन्देही जिल्लाका स्थानीय विकास अधिकारी युवराज सुवेदीको संयुक्त टोलीले उक्त स्तम्भको अवलोकन गरेको हो ।
अवलोकन गर्दै स्थानीय विकास अधिकारी सुवेदीले विकास निर्माणका काममा सवैको सहभागिता हुनु पर्नेमा जोड दिए । सुवेदीले द्धन्द्ध पिडितहरुलाई आत्मनिर्भर बनाउन जिल्ला विकास समिति रुपन्देहीले सक्दो सहयोग गर्ने बताए । सोही कार्यक्रममा बोल्दै जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका डा. गान्धीराज उपाध्यायले व्यवसायीक पशुपालनको लागि सहयोग गर्न जिल्ला पशुसेवा कार्यालय रुपन्देही तयार रहेको बताए । स्थानीय विकास अधिकारी युवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा वालवालिका विकास कार्यालयका मैया गुरुङ्ग, प्रहरी उपरिक्षक बुद्धराज गुरुङ्ग, स्थानीय शान्ति समितिका संयोजक कृष्ण ढकाल, नमूना एकिकृत विकास परिषदका ज्ञानु पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख लगायतले आ–आफना प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय शान्ति समितिका संयोजक कृष्ण ढकालले करिव ३ लाखको लागतमा शान्ति स्तम्भको निर्माण कार्य भईरहेको बताए । ढकालले स्तम्भ निर्माणको लागि देवदह नगरपालिकाले एक लाख, केयर नेपालले ८० हजार, सृजनाशिल महिला समुहले ५ हजार ५ सय ५५ प्रदान गरेको बताए । सोही अवसरमा वालकुमार श्रेष्ठ, रधुनाथ भर, जमुना काफ्ले, लक्ष्मी पाण्डे कृष्ण गैरे लगायतले आ–आफना जिज्ञासा राखेका थिए । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
