वन डढेलो नियन्त्रणको लागि सम्पूर्ण उपभोक्ताहरु सचेत र सजग हुनु पर्ने

Read Time:2 Minute, 17 Second

गोबिन्द घर्ती

फागुन २९ । वन डढेलो नियन्त्रणको लागि सम्पूर्ण उपभोक्ताहरु सचेत र सजग हुनु पर्ने देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले वन डढेलो नियन्त्रणको लागि साझा संकल्पको आवश्यता रहेको औल्याएका थिए । जिल्ला वन कार्यालय रुपन्देहीको आयोजना, सेक्टर वन कार्यालय शितलनगरको व्यवस्थापनमा भएको वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्वन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले वनको संरक्षणको लागि राजनैतिक दल, सामुदायिक वन, वन कार्यालय वीच समन्वय हुनु आवश्यक रहेकोमा जोड दिएका थिए । ईलाका वन कार्यालय शितलनगरका प्रमुख वलराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउ वन समन्वय सञजाल देवदहका अध्यक्ष खेमनारायण अधिकारी, प्रहरी चौकी देवदहका प्रमुख गिरीराज अर्याल, देवदह साप्ताहिकका त्रिलोचन दहाल, रेडियो देवदहका भिमप्रसाद गुरुङ्ग, नेकोसका वद्रीविक्रम सुवेदी, नेपाल अविनास सामाजिक सेवा संस्थाका विनोद खाती, नेपाली काग्रेसका गुणखर भूर्तेल, एमालेका पदम थापा, एमाओवादीका टिका गौतम, संघीय जनमुक्ति पार्टीका डम्वर बहादुर थापा, राष्ट्रिय जनमोर्चाका हरी केसी लगायतले आ–आफना भनाई राखेका थिए । सञ्जालका उपाध्यक्ष तेजबहादुर कुवरको स्वागत र रेञ्जर वसन्त दहालको संचालनमा भएको कार्यक्रममा विभिन्न सामुदायिक वनका पदाधिकारी, विभिन्न संघसस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %