नेपाल मगर संघ ओमानको बृहत् सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बुद्धि थापा

हिजो मिति ११ मार्च शुक्रबारको दिन नेपाल मगर संघ ओमानको आयोजनामा ३४औं मगर एकता दिवस तथा बृहत् सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । कार्यक्रम ओमानको राजधानी मस्कट अल मासा हलमा नेपाल मगर संघ ओमानका अध्यक्ष श्री सुर्य बहादुर थापा मगरको अध्यक्षता र कार्यक्रममा राजदुतावासकी नियोग प्रमुख श्री रोजिना ताम्राकारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशेष अतिथि अन्तराष्टिय मगर मन्चका केन्द्रीय सदस्य तथा यु ए ई का भुतपुर्व अध्यक्ष गिरमान थापा मगर र गैर आवासीय नेपाली संघ मध्य पुर्वीय संयोजक डी बी क्षेत्रीको बिशेष आतिथ्यमा र ओमानमा क्रियासील बिभिन्न संघ संस्थाको उपस्थित रहेको थियो ।


कार्यक्रमको मुख्य आकर्षक नेपालबाट आउनुभएका लोक दोहोरी गायक तथा नायक मनसुधन थापा मगर र अति नै लोक प्रिय गायिका जुना श्रीस मगरको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा प्रथम सहिद क्याप्टेन सहिद लखन थापा मगर सहित ज्ञात अज्ञात सहिदहरुको सम्झनामा १ मिनटको मौन धारण गरिएको थियो । संघका उपाध्यक्ष गोम सारु मगर को स्वागत मन्तब्यबाट सुरु भएको उक्त कार्यक्रममा नेपालबाट आउनुभएका कलाकारद्वय मनसुधन थापा मगर र जुना श्रीस मगरको दम्दार र बेजोड़ प्रस्तुतिले करिब साडे तीन सय दर्शकले भर्पुर मनोरन्जन लिएका थिए साथमा स्थानीय कलाकारहरुको पनि बिशेष प्रस्तुति रहेको थियो ।


कार्यक्रममा राजदुतावासकी नियोग प्रमुखको पनि छोटो मन्तब्य रहेको थियो भने आयोजकले राष्टिय कलाकारद्वय मनसुधन थापा मगर र जुना श्रीस मगर,प्रायोजक, सहयोगीदाताहरु र भलिवल खेलाडीहरुलाई पनि सम्मान पत्र प्रदान गरेको थियो । तसर्थ कार्यक्रम भब्य र सभ्यरुपले सम्पन्न भएको थियो र कार्यक्रम सचिव सुशील पुन मगर र महिला संयोजक गोमा थापा मगरले कार्यक्रम सन्चालन गरेका थिए ।