हङकङमा गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) शाखा गठन, अध्यक्षमा रोशन गुरुङ

Read Time:3 Minute, 17 Second
 रूद्र श्रीसमगर

हङकङ, २४ फागुन- गुरुङ(तमु) समुदायका चलचित्रकर्मीहरूको छाता संस्था हङकङमा गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) शाखा गठन, अध्यक्षमा रोशन गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान)को हङकङ शाखा गठन भएको छ ।
  हङकङको जोर्डनस्थित नमोबुद्ध क्लब हाउसमा भएको कार्यक्रमबाट अध्यक्षमा रोशन गुरुङ (तनहुँ) चयन हुनुभएको छ । जसको उपाध्यक्षद्वयमा सुवास गुरुङ (लमजुङ) र माया गुरुङ (लमजुङ), सचिवमा विमल गुरुङ (कास्की), सह–सचिव सुनिता गुरुङ (पर्वत÷चितवन) र कोषाध्यक्ष रिस्ता गुरुङ (कास्की) तथा प्रवक्ता चौं गुरुङ (स्याङ्जा) रहनुभएको छ ।

त्यसैगरी, सदस्यहरूमा इन्द्रकाजी गुरुङ, पुकार गुरुङ, किशोर गुरुङ, युवराज गुरुङ, कृष्ण गुरुङ, श्री गुरुङ, चौउना गुरुङ, रूविना गुरुङ र प्रमिला गुरुङ रहनुभएको छ । भने सल्लाहकारहरूमा दिलिप गुरुङ, त्रिलोक गुरुङ, कोमल गुरुङ ‘कान्छा’, मास्टर गणेश गुरुङ, विजय गुरुङ, देव गुरुङ, दुर्गा गुरुङ ‘मिलन’, तुल्सी गुरुङ, युवराज गुरुङ, गौरव गुरुङ, रक्षा गुरुङ, राम गुरुङ, सत्य घले, भोजेन्द्र गुरुङ, सन्तोष गुरुङ र हरि गुरुङ रहनुभएको छ ।चलचित्र निर्माता एवं समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ अध्यक्ष, दिलीप गुरुङ र विजय गुरुङ सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

जिफानका केन्द्रीय अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’को विशेष पहलमा दोस्रो विदेश शाखाका रूपमा हङकङ शाखा गठन भएको हो । यसअघि, जिफान जापान शाखा गठन भइसकेको छ । कार्यक्रममा तमु ट्हो Þयुल हङकङका अध्यक्ष गणेश गुरुङ, गुरुङ समाज हङकङका अध्यक्ष कोमल गुरुङ ‘स्याङ्जाली कान्छा’, तमु प्ये ल्हु संघ हङकङका उपाध्यक्ष मनबहादुर गुरुङ, नेपाली महिला संघ हङकङकी अध्यक्ष टीका गुरुङ, लमजुङ सेवा समिति, हङकङका अध्यक्ष विजय गुरुङलगायतले बोल्नुभएको थियो भने युवराज गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

जिफान हङकङ शाखाको पहिलो बैठकले यही मे ८ तारिखमा हुने जिफान साँझलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमितिहरू समेत गठन गरेको जिफान हङकङ शाखाका सल्लाहकार दुर्गा गुरुङ ‘मिलन’ले जानकारी दिनुभयो ।

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %