देब पचभैया
पाल्पा, फागनु २५ – तीन दिन अघि मात्रै प्रमुख जिल्ला अधिकारी भएर पाल्पा आउनुभएका बाबुराम गौतमले मनोपली र कालोबजारी गर्ने ब्यापारीलाई कारबारी गर्ने चेतावनी दिनुभएको छ ।
मंगलबार तानसेनमा आयोजित पाल्पा ग्यास डिलर्स संघको तेश्र्रो साधारण सभा तथा दोश्र्रो अधिबेशनको उद्घाटन गर्दे प्रमुख जिल्ला अधिकारी गौतमले राम्रो काम गर्ने ब्यापारीलाई सम्मान गर्नुपर्नेमा जोड दिदै उपभोक्ताको अधिकार र समग्र समस्या समाधानका लागी प्रशासन ब्यवशायी संगको सहकार्यमा हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।
निजि क्षेत्रको बिकास बिना देशको बिकास हुन नसक्ने भन्दै उहाले आफु निजि क्षेत्रको घाटी समाएर अघि बढ्नु पर्छ भन्ने पक्षमा पनि नभएको जानकारी दिनुभयो ।
ब्यापार ब्यवशायमा मनोपली र कालोबजारी आएकोले त्यसलाई नियन्त्रण गर्न एैन कानुन बनेको भन्दै प्रमुख जिल्ला अधिकारीको नाताले त्यस्ता गतिबिधि भए आफु हात बाधेर बस्न नसक्ने उहाको भनाई छ ।
पाल्पाको समग्र बिकासको लागी सबैसंगको सहकार्यमा आफु अघि बढ्न तयारी रहेको प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमको भनाई छ ।
गुल्मी निबासी गौतमले तानसेनको बसपार्कमा पहिलो पटक बस देख्न पाएको प्रसंग निकाल्दै बाउ बाजेले नुन चामल बोक्ने पाल्पाको बिकासको लागी आफु कहिल्यै पछि नपर्ने उद्घोष गर्नुभयो ।
कार्यक्रममा पाल्पाका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक सुमन कुमार तिमिल्सिनाले ग्यासको अभाब हुदा प्रहरीले जहिले पनि सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।
कानुन बिपरित काम गर्ने ब्यापारीलाई पटक पटक चेतावनी दिदा पनि नसुध्रिएपछि बाध्य भएर केही ब्यापारीलाई कारबाही गरिएको डिएस,पि तिमिल्सिनाको भनाई छ ।
कार्यक्रममा पाल्पा ग्यास डिलर्स संघका अध्यक्ष राजेन्द्र बज्राचार्यले बार्षिक गतिबिधि पेश गर्दे आवश्यकता अनुसार पाल्पामा ग्यासको आपुर्ती हुन नसकेको बताउनुभयो ।
पाल्पा ग्यास डिलर्स संघका सचिब फर्सुराम पौडेलले बार्षिक प्रतिबेदन पेश गर्दे पछिल्लो समयमा उपभोक्ता र बिक्रेता बिच देखिएको अन्तरबिरोधको अन्त्यको लागी प्रशासनले सहयोग गरिरहेको जानकारी दिनुभयो । ग्राहक कार्ड लागु गरेर अघि बढे केही समस्या समाधान हुने उहाको भनाई छ ।
पाल्पा ग्यास डिलर्स संघको तेश्र्रो साधारण सभा तथा दोश्र्रो अधिबेशनको उद्घाटन कार्यक्रममा घरेलु तथा साना उधोग कार्यालयका प्रमुख बालकृष्ण गैरे, पत्रकार भगवान भण्डारी , ग्यास बिके्रता महासंघका उपाध्यक्ष सहबिर श्रेष्ठ, सचिब बसन्त गौचन, सिद्धार्थ ग्यासका म्यानेजर शुसिल नेपाल लगाएतका बतmाहरुले ग्यासको प्रयोग र सचेतनाको लागी आम उपभोक्ताहरुमा सचेतना जगाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले नाफा मात्रै नहेरी सेवाभावको रुपमा पनि काम गर्न ब्यापारीहरुलाई आग्रह गरेका छन् ।
