सोनु थापा मगर
बुटवल , फागुन २४ – बुटवलमा रहेको कानुङ्ग बचत तथा ऋण सहकारी संस्था
लिमीटेडले आफ्ना शेयर सदस्यहरुको क्षमता अभिवृद्धिका लागि नेृतत्व विकास
तालिम सञ्चालन गरेको छ । सो तालिमको सोमबार संस्थाका सल्लाहाकार मन
बहादुर रानाले उद्घाटन गर्नु भएको छ । बुटवल महिला जेसिसको सभाहलमा
सञ्चालन भएको उक्त तालिममा सहकारीका ४० जना सदस्यहरु सहभागी रहेका छन् ।
सहकारीका अध्यक्ष जंग बहादुर श्रीसको अध्यक्षता,उपाध्यक्ष टोप बहादुर
थापा तथा सचिव हरीदेव थापा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। तीन दिनसम्म सञ्चालन हुने तालिमको सञ्चारकर्मी द्वय सनु थापा र कमल थापाले सहजीकरण गर्नु भएको छ ।
