गोबिन्द घर्ती
रुपन्देही,फागुन २२ – प्राविधिक शिक्षाले मात्र गुणस्तर शिक्षा कायम गर्न सकिने रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले बताउनु भएको छ ।
उहाले परम्परागत शैलिको शिक्षा प्रणालीलाई परिवर्तन गरी व्यवसायीक शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । देवदह बुद्धपव्लिक आवासीय उच्च माविको १४ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । शिक्षा अधिकारी थापाले राष्ट्रको शिक्षा क्षेत्रमा निजी विद्यालयले महत्वपूर्ण योगदान दिएको बताउनु भयो । सोही कार्यक्रममा बोल्दै उच्च शिक्षा परिषद बुटवलका नगेन्द्र खनालले यस बर्ष प्रवेशीका परिक्षामा ग्रडिङ्ग प्रणाली लागु गरिएको र आउदो दिनमा कक्षा ११ र १२ मा पनि सोही प्रणाली लागु गर्न राज्य लागिरहेको बताउनु भयो । उहाले ग्रडिङ्ग प्रणालीमा सम्पूर्ण विद्यार्थी पास हुने गलत प्रचार गरिएको र गेडिङ्ग प्रणालीमा जादा विद्यार्थीहरु अझ संवेदनशिल भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद भूषालको अध्यक्षतामा भएको कार्यक्रमा प्याव्सन रुपन्देहीका उपाध्यक्ष लेखनाथ पौडेल, ईप्सा रुपन्देहीका अध्यक्ष एकनारायण काप्mले, देवदह आर्दश बहुमुखी क्याम्पसका मित्रलाल न्यौपाने, अभिभावक संघका अध्यक्ष तुल्सीराम शर्मा, प्याव्सनका सल्लाहकार कृष्ण खनाल, एमालेका विद्यालक्ष्मी गुरुङ्ग, क्रान्तिकारी माओवादीका मेघनाथ पौडेल, देवदह व्यापार संघका कोषबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै रेडियो देवदहका समाचार प्रमुख गोविन्द घर्ती, देवदह साप्ताहिकका प्रकाशक÷सम्पादक त्रिलोचन दाहाललाई सम्मान गरिएको थियो । त्यसैगरी प्रवेशीका परिक्षामा विशिष्ट श्रेणीमा पासका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
दिवसको अवसरमा आयोजित अभिभावक खेलुकदका विजेता तथा विद्यार्थीहरु वीच भएको खेलकुदका विजेतालाई सम्मान पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय कलाकार नविन पौडेल, खेमथापा, सुनिल वारघरे तथा विद्यार्थीहरुको प्रस्तुती रहेको थियो । विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने, सोही कार्यक्रममा विद्यालयका गठित वालक्लव द्धारा प्रकाशि गरिएको बुद्धवाल दर्पण समेत विमोचन गरिएको थियो । सहायक प्रिन्सिपल विष्णु अर्यालको स्वागत, आनन्दराम भण्डारी र नारायण भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
