पृथ्वी होटल व्यवसायी समितिद्वारा फेवा टेलिभिजनका स्टेशन म्यानेजर अधिकारी सम्मानित

Read Time:3 Minute, 6 Second
रूद्र श्रीसमगर

पोखरा, २२ फागुन – पृथ्वी होटल व्यवसायी समिति, पोखराले फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीलाई सम्मान गरेको छ । पोखरामा रहेर जोखिम पत्रकारिता, जनजीविकाका सवालदेखि लिएर हरेक क्षेत्रलाई पत्रकारिताको माध्यमबाट पश्चिमाञ्चल क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन उल्लेखनीय योगदान पु¥याएको भन्दै अधिकारीलाई सम्मान गरिएको हो ।

 पृथ्वी होटल व्यवसायी समितिको पाँचौं साधारणसभा तथा दोश्रो अधिवेशनका अवसरमा जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले कदरपत्र र नगद ५ हजार ५ सय ५५ रुपैयाँले सम्मान गर्नुभएको हो ।

सम्मानपछि बोल्दै फेवा टेलिभिजनका स्टेशन म्यानेजर अधिकारीले यो सम्मान आफ्नो मात्र नभएर समग्र फेवा टेलिभिजन परिवार, शुभचिन्तक, आफन्त र इष्टमित्रप्रतिको सम्मान भएको बताउनुभयो । साथै, सम्मानले आफूलाई अझ ऊर्जा थपेको र आगामी दिनमा पनि निडर र निर्भीक रूपमा पत्रकारिताको जिम्मेवारी थपेको बताउनुभयो ।

अधिकारीले यस अघि नेपाल टेलिभिजनबाट प्रदान गरिँदै आएको हेम–सुनिल राष्ट्रिय जोखिम पत्रकारिता पुरस्कार पाइसकेका छन् । बुबा टेकबहादुर अधिकारी र आमा सुशीला अधिकारीको कोखबाट भोजपुरको च्याङ्ग्रे–३ मा जन्मेका अधिकारीले २०६४ सालबाट पत्रकारिता सुरु गरेका हुन् भने रत्नराज्य क्याम्पस, काठमाडौंबाट पत्रकारितामा स्नातक गरेका छन् ।

स्थायी विराटचोक, मोरङ घर भइ हाल पोखरानिवासी अधिकारी यसअघि रेडियो उपत्यका, गण्डकी सञ्चार गृह हुँदै फेवा टेलिभिजनको स्टेशन म्यानेजरका रूपमा कार्यरत छन् । पश्चिमाञ्चलका विभिन्न जिल्लामा गइ जोखिमपूर्ण रिपोर्टिङ तथा कार्यक्रम उत्पादन एवं प्रसारण गरेका अधिकारीले गत वैशाख १२ गतेको विनाशकारी भूकम्प, म्याग्दीको वैशरीमा गएको पहिरो, भारतले लगाएको अघोषित नाकाबन्दीले पु¥याएको असर, नेहा हत्याकाण्डलगायतका विषयमा उत्कृष्ट रिपोर्टिङ एवं कार्यक्रम उत्पादन गरी प्रसारण समेत भइसकेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %