रूद्र श्रीसमगर
पोखरा, २२ फागुन – पोखरा–८, सिर्जनाचोकमा गोरखा कालिका स्टोर्स शनिबारदेखि औपचारिक सञ्चालनमा आएको छ ।
युवा व्यवसायी भरत भट्टको करिब दुई करोडको लगानीमा सञ्चालित स्टोर्समा डिपार्टमेण्टल स्टोरका सम्पूर्ण सामानहरू राखिएका छन् । स्टोर्सको शुभारम्भका अवसरमा विशेष छुटका साथ ग्राहक एवं उपभोक्ताहरूको सेवा गरिने स्टोर्सका सञ्चालक भट्टले जानकारी दिनुभयो । स्टोर्समा दैनिक उपभोग्य सबै प्रकारका सामान पाइने भट्टले जानकारी दिनुभयो ।
