देब पचभैया
पाल्पा २२ फागुन – उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भिम रावलले नेपाली काग्रेसको महाधिवेशन पछि के पि ओली कै नेतृत्वमा सरकार निरन्तरता पाउने बताउनु भएको छ । सरकार विस्तार हुन सक्दछ तर सरकार परिवर्तन तत्कालको लागी असम्भव भएको उप प्रधानमन्त्री रावले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ पाल्पाको नवौ साधारणसभामा बोल्दै उप प्रधानमन्त्री रावलले यो सरकार विघटन गरी पुन अर्काे सरकार गठन भए जारी भएको संविधान कार्यान्वयन हुन नसक्ने चेतावनी र राज्य पुन द्धन्द्धको चक्र व्युहमा फस्ने चेतावनी समेत दिनुभयो ।
उपप्रधानमन्त्री रावलले संघिय राज्यको सिमानां हेरफेर गर्न सरकार लचिलो भएको र त्यसको लागी परराष्ट मन्त्री कमल थापाको नेतृत्वमा राजनितिक समिती समेत गठन भएको भएकोले आन्दोलनरत मधेशी दल लाई समिती आउन आग्रह गर्नुभयो ।
उपप्रधान मन्त्री रावलले यो संविधानले सबै पक्षको अधिकारलाई सुनिश्चित गरेको र सबै पक्षको ९० प्रतिशत सहभागितामा जारी भएकाले संविधान जलाउछौं भन्नु नेपालीको मन जलाउनु बराबर भएको बताउनु भयो ।
मन्त्री रावलले नेपालमा दिगो शान्ति र आर्थिक बिकास चाहिएकाले स्थानीय निकायको निर्वाचनको लागी सरकारले गृहकार्य गरिरहेको बताउनु भयो ।
सेना र गुप्तचर संस्थामा समेत समावेश निति संविधानले ग्यारेन्टी गरेको आन्दोलनको कुनै ओचित्य नभएको मन्त्री रावलले बताउनु भयो ।
बरिष्ट पत्रकार मेघराज शर्मा, नेपाल पत्रकार महासंघका पश्चिमाञ्चल क्षेत्रीय संयोजक हरिनारायण गौतमले ऐतिहासिक कालखण्डमा पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्द आएको अवस्थामा समेत राज्यले समानुपातिक विज्ञापन र श्रमजिवी ऐन कार्यान्वयन गर्न नसक्दा पत्रकारहरुले भोग भोकै काम गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।
कार्यक्रममा एनेकपा माओवादी उपाध्यक्ष राजेन्द्र विक, राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवर, पत्रकार महासंघका सल्लाहकार गोविन्द भट्टराई, भगवान भण्डारी, निमित्त स्थानीय विकास अधिकारी भीमार्जुन पाण्डे, जिविस पुर्व सभापति झपेन्द्रबहादुर जिसी र नागरिक मञ्चका अध्यक्ष बासुदेव अर्यालले शुभकामना व्यक्त गर्दै आ–आफ्नो धारणा राखेका थिए ।
शाखा सभापति राजेश कुमार अर्यालको सभापतित्वमा भएको साधारण सभामा सचिव किरण कौशलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मिलन विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शाखाले साधारण सदस्य दिपक भट्टराईलाई स्वाथ्यउपचारको लागि १० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ ।
यसै बिच नेपाल पत्रकार महासंघ पाल्पाको नवौं साधारण सभाले १२ बुदे पस्ताब पारित गरेको छ ।
प्रस्तावमा:
१) श्रमजीवि पत्रकार ऐनको पूणर््ा कार्यान्वयनको लागि सम्बन्धीत संचार माध्यमहरुलाई आग्रह गर्ने ।
२) सो ऐन कार्यान्वयनको निम्ति आग्रह पश्चात अनुगमन गर्ने र न्यायिक समानताको निम्ति सम्बन्धीत निकायमा पहल गर्ने ।
३) मर्यादित पत्रकारिताको निम्ति आचारसंहितको पूर्ण पालनाको लागि अनुगमन गर्ने ।
४) आचारसंहितको पूर्ण पालनाको निम्ति शाखा सम्बद्ध संचारकर्मी र जिल्लाका संचालित संचारमाध्यमलाई सजग गराउने ।
५) समानुपातिक विज्ञापनको निम्ति बनेको सामानुपातिक विज्ञापन नीति तत्काल लागु गरियोस् भनी जोडदार आव्हान गर्ने ।
६) सूचनाको हकको प्रभावकारी कार्यान्वयनको निम्ति सम्बन्धीत निकायलाई सजग गराउने ।
७) स्थानीय संचार माध्यमको सवलकीकरणको लागी स्थानीय निकायसंग समन्वय गरी सम्बन्धित संचार माध्यम र स्थानीय सरकारसंग आग्रह गर्ने ।
८) नेपाल पत्रकार महासंघको भावी संरचना निर्माणको अवधारणामा संघीय संरचना अनुरुप महासंघको संस्थागत संरचना गराउनको निम्ति महासंघको आगामी विधान अधिवेशनमा आवाज उठाउने ।
९) संविधान सफल कार्यान्वयनको निम्ति राजनीतिक दलहरु बीच एकता होस् भन्ने आग्रह गर्ने ।
१०) नेपाल पत्रकार महासंघको यो कार्य समितिलाई हालसम्म सहयोग गर्ने स्थानीय निकाय, सरकारी तथा गैर सरकारी संघ संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्ने र
महासंघमा आवद्ध सदस्य पत्रकार विरामी भएमा जटिलता हेरी १० हजार सम्म सहयोग गर्ने र मृत्यु भएमा २० हजार सहयोग गर्ने निर्णय गरेको छ ।
