द मगर्स कृयसन समुह (नेपाल) र इजरायलमा कार्यरत बिष्णु पुन मगरले म्याग्दी जिल्ला रुम-६ बेलि स्थित श्री ज्ञान बिकास प्राथमिक बिध्यालयलाई सोलर, कम्प्युटर,प्रिन्टर लगायतका प्राबिधिक सामग्रीहरु उपलब्ध गराउने ,रुम -६कै जेम स्थित श्री देउराली निम्न माध्यमिक विध्यालयलाई कम्प्युटरहरु सयोग स्वरुप उपलब्ध गराउने उद्देश्यले सहयोग संकलन कार्य जारी रहेको जानकारी प्राप्त भएको छ। यस् बिधायलय सहयोगार्थ आवश्यक प्राबिधिक सामग्रीहरु खरिद गर्न आर्थिक सहयोगको लागि म्याग्दी (रुम – जेम र बेलि)का प्रवासी दाजुभाइ दिदिबहिनीहरु लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपिल गरेको छ ।पढ्नोस सार संक्षेप——
द मगर्स कृयसन समुह (नेपाल) र हाल इजरायलमा आफ्नो कर्म भुमि बनाई रहनु भएकी बिष्णु पुन मगरले म्याग्दी जिल्ला रुम-६ बेलि स्थित श्री ज्ञान बिकास प्राथमिक बिध्यालयलाई सोलर, कम्प्युटर, प्रिन्टर लगाएतका प्राबिधिक सामग्रीहरु उपलब्ध गराउने र रुम – ६ कै जेम स्थित श्री देउराली निम्न माध्यमिक विध्यालयलाई कम्प्युटरहरु सयोग स्वरुप उपलब्ध गराउने उद्देश्यले सहयोग संकलन भैरहेको छ । हामीलाई यी अति आवश्यक प्राबिधिक सामग्रीहरु खरिद गर्न आर्थिक सहायोग गर्नु हुन म्याग्दी (रुम – जेम र बेलि)का प्रवासी दाजुभाइ दिदिबहिनीहरु लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु र बिद्यालय लाई सयोग गर्न चहानु हुने सम्पुर्ण सयोगी हातहरु सयोगी संघ सस्थाहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
हामी सानै देखि प्राबिधिक ज्ञानबाट पछाडी परे पनि हाम्रा भाइ बैनीहरुलाई प्राबिधिक ज्ञानबाट बन्चित नहोउन भन्ने उद्देस्यले यो पहल गरिएको हो ।
गाउँ टोल अनि समाजको एकता, अहिलेको अवस्यकता ।
आफ्नो गाउँ आफै बनाऔं, सुरुवात हामी आफै बाट गरौ ।।
अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ।।।
हाम्रो गाउँ हामी आफै बनाऔं, सुरुवात शिक्षाबाट गरौ ।।।।
नेपाल सरकारले शिक्षालाई आधारभुत आवश्यकतामा पारे पनि अहिले सम्म सरकारबाट र कुनै पनि संघ सस्थाले हाम्रा यी दुई बिद्यालयलाई कुनै पनि किसिमको सहयोग दिईएको छैन र त्यहाँका स्थानीय बासिन्दाहरुले प्रत्यक घरबाट वार्षिक रु ३०००/- (तीन हजार) अनिवार्य उठाएर चलेको छ तर सो रकम तिर्न निम्न बर्गका वासिन्दाहरुलाइ कठिनाई भइरहेको छ । बर्सेनि बिध्यार्थी भाइबैनीहरुको संख्या थपिदै जाने तर शिक्षक र भाइ बैनिहरुलाई चाहिने अत्यावस्यक सामाग्रीहरुको कमि सधै भैरहन्छ । तसर्थ, हामीले यहि आउँदो २०७३ बैशाख १० गते यी दुई बिध्यालयहरु मै पुगी प्राबिधिक समानहरु हस्तान्तरण गर्ने कार्यक्रम बनाईएका छौं । यो समय अबधि मै आआफ्नो ठाँउबाट स्वइच्छाले सहयोग गर्न चाहनु हुने मित्रहरुले हामीलाई निम्न नम्बरहरुमा तुरुन्तै सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौं ।
द मगर्स कृयसन समुह (नेपाल) – +977-9843770385 (आशिष पुन मगर)
बिष्णु पुन मगर (इजरायल) – +972-54-683-9265
धन्यवाद,
द मगर्स कृयसन (नेपाल)
बिष्णु पुन मगर (इजरायल)
