भुकम्पबाट श्रीमान गुमाएका एकल मगर महिलालाई आर्थिक सहयोग कार्यक्रम

Read Time:12 Minute, 27 Second
प्रस्तुति: गंगा खासु मगर
प्रगति प्रतिवेदन २०७२


आर्थिक सहयोग :                                          आयोजक :

मगर महिला संघ                               नेपाल मगर महिला संघ

स्वीन्डन शाखा, यु.के                                   केन्द्रीय समिति, काठमाडौ


विवरण तालिका


क्र.स             विवरण                          पेज नं

१.                पृष्ठभूमी                                 ३

२.                उद्धेश्य                                   ३

३.   क्षेत्र र भुकम्प प्रभावित संख्या छनौट       ३

४.        आर्थिक सहयोग कार्यक्रम                 ४   

५.               उपलब्धि                                ५

६.               निष्कर्ष                                   ६

७.              खर्च विवरण                            ७


१.पृष्ठभूमि :

नेपालमा २०७२ वैशाख १२ गते आएको ७.९ रेक्टर स्केलको भुकम्पले नेपालमा ठुलो धनजनको अपुरनिय क्षति पु−याएको छ । गोरखा जिल्लाको वारपाक क्षेत्रलाई केन्द्र विन्दु बनाएर आएको विनासकारी प्रकोपका कारण धेरैले मानविय र धनजनको क्षति बेहोर्नु परेको छ । विनासकारी महाभुकम्पले हाल सम्म ८७०२ जनाको मृत्यु भईसकेको छ । यसै गरि २२४९३ जना धाईते र १११ जना बेपत्ता भएको छ (स्रोत नेपाल सरकार गृह मन्त्रालय) ।

दुर्गम स्थानका मगरमा वसोबास गरेको कारण भुकम्पमा तत्काल उधार र उपचार नपाई ज्यान गुमाएका मगरहरु उल्लेख्य रहेको छ । भुकम्पबाट आफनो श्रीमान गुमाएका मगर महिलाहरु अधिकाँश रहेका छन । ति मगर महिलाहरु नेपाल सरकार वा अन्य दातृ निकायबाट पाउने राहत सहयोगहरुबाट बन्चित रहेको छन । यसैलाई मध्यनजर राखेर मगर महिला संघ स्वीन्डन शाखाको आर्थिक सहयोगमा र नेपाल मगर महिला संघ केन्द्रीय समितिको आयोजनामा ९ वटा जिल्लाका एकल मगर महिलाहरुलाई आर्थिक सहयोग कार्यक्रम सम्पन्न गरियो ।

२.उद्देश्य :

. भुकम्पबाट विधुवा तथा घाईते मगर महिलाहरुलाई आर्थिक सहयोग राहत स्वरुप वितरण गर्ने

. संस्थागत समवेदना प्रदान गर्ने ।

३. क्षेत्र छनौट कार्य र संख्या :

गत बैशाख १२ गते र २९ गते गएको विनाशकारी भुकम्पबाट श्रीमान गुमाएका एकल मगर महिलाहरु लाई आर्थिक सहयोग कार्यक्रम काठमाडौंमा एक कार्यक्रम बिच आयोजना गरियो । विशेष गरि नेपाल मगर महिला संघ यु.के. ले एकल मगर महिलालाई आर्थिक सहयोग वितरण र अन्य संघबाट दुर्गम स्थानमा रहेका कारणले छुटेका मगर महिलाहरुलाई यो कार्यक्रममा समेटिएको छ । कार्यक्रममा रामेछाप, रसुवा, काभे्र, तनहु, धादिङ, नुवाकोट, गोरखा, सिन्धुपाल्चोक, ओखलढुंगा गरि ९ जिल्लाका एकल मगर महिलाहरु रहेका छन ।

४. आर्थिक सहयोग वितरण कार्यक्रम :

मगर महिला संघ स्विन्डन शाखा यु.के को आर्थिक सहयोग तथा नेपाल मगर महिला संघ केन्द्रीय समितिको आयोजनामा महाविनाशकारी भुकम्पबाट प्रभावित मगर महिलाहरुलाई  भेला गरि आर्थिक सहयोग वितरणको कार्यक्रम सम्पन्न गरियो । २०७२ फागुन १३ गते नेपाल मगर संघ केन्द्रीय समितिको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि रकम हस्तारण गरियो ।
 “म गृष्मा थापामगरको बाजे स्थाईघर तनहु माझकोट ५ हो । बैशाख १२ गतेको भुकम्पमा मेरो साईला छोरा टक बहादुर थापामगर (वर्ष २९) र बुहारी गिता थापामगर (वर्ष २६) दुवै जनाको मृत्यु भएको छ । विगत ७ वर्ष देखि गंगबु काठमाडौंमा थापा फेन्सी पसल चलाउदै आएका थिए । त्यो दिन दुवै फेन्सी पसलमा थिए ।
 
भिम बहादुर थापामगर (पिडितको बाजे)
 भुकम्पका बेला नातिनी गृष्मा (वर्ष ६) आफनो आमासंगै थिईन । आमाले गृष्मालाई काखमै छोपेर राखेकीले गृष्मा बाँचिन भने छोरा र बुहारीको घटना स्थलमै मृत्यु भयो । नातिनीलाई टिचिङ हस्पिटलले उपचार पश्चात घरमा ल्यायौं । अहिले नातिनी ओअशिश ईग्लिस स्कुल, सुनाकोठी ललितपुरमा कक्षा १ मा पढदै छिन । धेरै दिन सम्म आमा बुवाका बारेमा सोध्ने, टोलाउने, तर्सने गर्दथिन । सामान्य अवस्थामा आउन धेरै दिन लाग्यो । अहिले आफनो काका काकीसंग मात्रै बस्न मन पराउ छिन । गृष्मालाई धेरै पढाउने हाम्रो चाहना छ । म बृद्ध भई सके हेरौ कहिले सम्म समयले साथ दिन्छ । “
नेपाल मगर संघ केन्द्रीय समितिका विदेश विभाग सचिव रक्षा रैकामगरको प्रमुख आतिथिले विनासकारी भुकम्पका कारण घटेको दुखद घटनाबाट मगर समुदायका एकल महिलालाई आर्थिक सहयोग गर्नु भएको र संस्थागत एकतामा दिनु भएको सहयोग प्रति मगर महिला संघ, स्विन्डन शाखालाई विशेष धन्यवाद दिनु भयो । वहाँले संस्थागत एकतामा बल हुने वताउनु हुदै मगरहरुले अव आउने प्रक्रितिक विपतबाट सुरक्षित हुन पाठ लिनु पर्ने बताउनु भयो । यसै गरि मगर संघ यु.ए.ई. का सल्लाहकार बविता रास्कोटि मगरले यो अवस्थामा मगर महिला संघ स्विडेन  ले श्रीमान गुमाएका मगर महिलाको घाउमा मलहम लगाउने पुन्य कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा मगर संघ तनहुका अध्यक्ष बेल बहादुर थापामगर, मगर संघ यु.ए.ई का सदस्य प्रकाश आलेमगरले लगायतकाले मन्तव्य दिनु भएको थियो । नेपाल मगर महिला संघ केन्द्रीय समितिका महासचिव हिरुसरा रानामगरले कार्यक्रम संचालन र अध्यक्ष गंगा खासुमगरको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।

आर्थिक सहयोगका लागि भुकम्पबाट आमा बुवा दुवै गुमाएकि नावालिका गृष्मा थापा मगरलाई पनि सहयोग गरिदिनु हुनका लागि मगर संघ तनहु समाजका अध्यक्षको निवेदन संघमा आएको लाई मध्यनजर गर्दै  कार्यक्रममा तनहु जिल्ला माझकोट ५ निवासी नाबालिका ६ वर्षिय गृष्मा थापामगरले आफनो बुवा श्रषि थापामगर र आमा गिता थापामगर भुकम्पमा दुवै गुमाएका कारण गृष्मा थापामगर लाई आर्थिक सहयोग प्रदान गरियो ।


आर्थिक सहयोग लिनुभएकाहरुको नामावली

क्र. स       नाम               ठेगाना                      रकम              कैफियत

१. दुर्गा थापामगर        रामेछाप–१ पुरानो गाँउ     १४,६००/-         आफै

२. देबीका भुजेलमगर   रसुवा–५ लहरे पिपल       १४,६००/-         आफै

३. नर्वदा थापामगर      काभ्रे–५ नासिका             १४,६००/-         आफै

४. दलमाया रानामगर   तनहु –१ माझकोट           १४,६००/-         आफै

५. मिसरी मगर            तनहु–६ अरुणदय            १४,६००/-         आफै

६. श्रीमाया थापामगर     धादिङ–१ दर्खा                 १४,६००/-        आफै

७. रुकमणि थापामगर    नुवाकोट–१ विदुर न.पा      १४,६००/-       आफै

८. फुलीमाया मगर         सिन्धुपाल्चोक घोरथली     १४,६००/-       आफै

९. गृष्मा थापामगर          तनहु–५ माझकोट           १४,६००/-      आफै

१०. हिरामायामगर          ओखलढुंगा–१ जन्तरखानी  १४,६००/-       आफै

११. फुल कुमारी थापामगर   गोरखा–३ बक्राङ गालढुक  १४,६००/-      मगर संघ गोरखा मार्फत

५.उपलब्धि :

. भुकम्पबाट विधुवा तथा घाईते मगर महिलाहरुलाई आर्थिक सहयोग कार्यक्रम सम्पन्न ।

. संस्थागत समवेदना सम्पन्न ।

६. निष्कर्ष :

०७२ वैखाख १२ र २९ गते गएका विनाशकारी भुकम्पले धेरै धन जनको क्षति भयो । नेपालको विपत व्यवस्थापन ऐन स्पष्ट नभएका, प्राकृतिक प्रकोपको पुर्व तयारी र घटना घटे पछिका प्रभावकारी सेवा कार्यान्वयन र सहयोगमा ढिलाई भएकाले अकल्पनिय घटनाहरु प्रत्यक्ष महसुस ग–यौं । जसका कारण धेरै मगरहरुको मृत्यु भएको छ । भुकम्पबाट श्रीमान गुमाएका एकल मगर महिलाहरुलाई सान्त्वना स्वरुप आर्थिक सहयोग गर्ने उद्धेश्यले मगर महिला संघ स्विन्डन शाखा यु.के. को आर्थिक सहयोग तथा नेपाल मगर महिला संघ केन्द्रीय समितिको आयोजनामा भुकम्पबाट श्रीमान गुमाएका एकल मगर महिलाहरुलाई आथिर्क सहयोग कार्यक्रम सम्पन्न भयो । विभिन्न ९ वटा जिल्लाका १० जना एकल महिला र १ जना नाबालिका सहित गरि ११ जनालाई सहयोग रकम हस्तान्तरण गरियो । कार्यक्रममा संस्थागत सान्तवनाका अतिरिक्त प्राकृतिक प्रकोपले सानो ठुलो, धनि गरिब भन्दैन । मानिस जन्म लिए पछि मृत्यु निश्चित छ । ढिलो अथवा चाँडो मात्र हो । दुखद घटनालाई तितो अनुभवबाट भविष्यमा आफना सन्ततीका लागि सुनौलो गोरेटोको शुरुवात आजबाट शुरु गरौं भन्ने पक्ष यस कार्यक्रमको मुख्य र वलियो पक्ष रहेको छ । यसै गरि दुखद घटना एक जना आफुलाई मात्र नभएर सवै जिल्लाका मगर महिलाहरुलाई पनि परेको रहेछ भन्ने कुरा समुहमा बसेको बसाईले महसुस गराएको थियो ।

भुकम्प प्रभावित स्थानका एकल मगर महिलाहरु लाई आय आर्जन विद्धि गराउने खालका कार्यक्रमहरु आवश्यक्ता देखिएको छ । विशेष गरि कृषिमा आधारित आय आर्जनका कामहरु बाख्रा पालन, वंगुर पालन, मुढा बन्ने तालिम, अमरिसो खेतिको अनुभव भएका हुदा यसलाई सहकारीता मार्फत व्यवसायिकतामा अग्रसर गरि दिगो आय आर्जनमा टेवा पु–याउन सकिन्छ । यसै गरि प्राकृतिक प्रकोपबाट सचेत र सुरक्षित रहनका लागि जोखिम न्युनिकरण, पुर्व तयारीका कार्य र घटना घटिसके पछिको प्रभावकारी कार्यहरुका बारेमा मगर महिलालाई सचेतना कार्यक्रम आवश्यक रहेको छ ।

 ७.खर्च विवरण :

क्र.स        विवरण                              जना              रकम          जम्मा कुल रकम    कैफियत

१.            आर्थिक रकम हस्तान्तरण     ११ जना       १४,६००/-      १,६०,६००/-

२.             व्यानर १ वटा                                        ४,५० /-            ४,५० /-

३.             खाजा                            २८जना           २,०३० /-

                                                                                            जम्मा १,६३,११०/-

१. मगर संघ यु.के. वाट प्राप्त रकम  १,६३,०००/-

२. कार्यक्रममा लागेको खर्च          १,६३,११०/-

मगर महिला संघले बेहोरेको           (११०) /-
(खासु मगर नेपाल मगर महिला संघ के.सका अध्यक्ष हुन)
 
 
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %