कोरियामा ३४ औ मगर दिवस मनाईयो

Read Time:1 Minute, 33 Second
निश्चल काउचा

सोल – नेपाल मगर संघ दक्षिण कोरियाले ३४ औ मगर दिवस भब्य रुपमा मनाएको छ |
 
प्रथम सहिद लखन थापा मगरको तस्विरमा माल्यार्पण गरेर शुरु गरिएको कार्यक्रममा कोरियामा रहनु हुने मगरहरुको बाक्लो उपस्थिति रहेको थियो |

सोल स्थित नेपाल हाउसमा भएको कार्यक्रममा संरक्षक अप्त पुन मगरले बिचार र धार फरक भए पनि कोरिया रहेका सबै मगरहरु एक जुट भै अगाडी बढन आग्रह गरे | नेपाल मगर संगकी केन्द्रिय सदस्य मिना थापा मगरले लामो संघर्ष पछि मात्र नेपाल सरकारले पहिलो सहिदको मान्यता दिएको बताउदै मगरहरु राजनीतिमा चासो राख्दै शैक्षिक चेतनामा जोड दिनु पर्ने धारणा राखिन |

 
सोहि अवसरमा कोषाध्यक्ष मनु रोका मगरले  ११ करोड २९ लाख ७८ ८६५ वन ( करिब १ करोड रुपैया ) को ८ पेजको आर्थिक प्रतिबेदन पेश गरेका थिए | मगरसंगमा आवद्ध रहेर बिबिध क्षेत्रमा योगदान पुर्याएको कदर स्वरुप मगर युवाहरुलाई सम्मान पनि गरिएको थियो |

अध्यक्ष खडक थापा मगरको सभापतित्वमा भएको कार्य्रकमको संचालन सुब्बा राना मगरले गरेका थिए |

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %