कमल चौधरी
फागुन,१४ बुटवल – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) रुपन्देहीका संस्थापक अध्यक्ष स्व. देव बहादुर पाटा मगरको सातौं स्मृति दिवस सम्पन्न भएको छ । दिवसको अवसरमा फोनिज रुपन्देहीले बुटवलमा शुक्रबार एक कार्यक्रमगरी मनाईएको हो ।
उक्त स्मृति दिवस कार्यक्रममा बोल्दै वक्ताहरुले उत्पीडित जातजाति समुदायको पहिचान र अस्तित्वको पक्षमा सक्रिया रुपमा कलम चलाउने स्व. पत्रकार पाटाको अभियानलाई सर्थक बनाउन सके मात्र उहाँप्रतिको सच्चा श्रद्धान्जली हुने कुरामा जोड दिएका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष सन्तराम चौधरी, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रुद्रहरी कुवार, नेपाल मगर संघका जिल्ला अध्यक्ष दल बहादुर बीरकट्टा, तमू ह्यूला छोंज धीका जिल्ला अध्यक्ष सुर्यलाल गुरुङ्ग, तामाङ्ग घेडुङ्गका जिल्ला अध्यक्ष विर बहादुर लामा, स्वा. पाटामागरकी धर्मपत्नी नरायाणी पाटा, ने.व पुच निर्वतमान अध्यक्ष अरुणलाल श्रेष्ठ, थाकाली सेवा समितिका उपाध्यक्ष लाल बहादुर गौचन, फोनिज रुपन्देहीका सल्लाहकार सुर्य श्रेष्ठ(आजाद), प्रेस युनियनका जिल्ला अध्यक्ष विक्रम खड्क, पत्रकार भुवा कार्की, श्यामलाल पोख्रेल लगायतले बोल्दै पाटाले पत्रकारिता क्षेत्रमा समाजलाई अतुलनीया योगदानकै कारण आज उहाँको अभाव खड्कीनै रहेको बताए । स्वागीय पाटामगरको स्मृतिलाई चिरास्थायी बनाई राख्नको लागी फोनीज रुपन्देहीले रु. ५ लाख बराबरको अक्षय कोष स्थापना गर्ने अध्यक्ष मिलन गाहाले बताए ।
फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्षता सचिव अशिष सुर्यवंशीको सञ्चालनमा सम्पन्न भएको थियो । स्वर्गीय देव बहादुर पाटाको सत बर्ष पहिले बुटवलको राजमार्ग चौराहामा मोटरसाइकल दुर्घटनामा परी निधन भएको हो । उहाँको सम्झना स्वरुप प्रत्येक बर्ष एक जन उत्कृष्ट अदिवासी जनजाति पत्रकारलाई सम्मान गर्दै आईरहेको सचिव आशिष सुर्यवंशीले जनकारी दिए । स्वा. पाटामगर विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमसँग आवद्ध रहेका थिए । कानुन पृष्ठभूमिबाट आएका पत्रकार पाटा समाज सेवामा समेत उत्तिकै सक्रिय थिए । पाल्पामा जन्मेका उनका श्रीमती र छोरीहरु बुटवल नगरपालिका वडा नम्बर ४ मा बस्दै आएका छन् ।
