गोविन्द घर्ति मगर
फागुन -१३ मगरहरुको भाषा, संस्कार, संस्कृति र अधिकारको संरक्षण गर्दै ३४ औं स्थापना दिवस रुपन्देहीका मनाउने भएको छ । नेपाल मगर संघ रुपन्देही जिल्ला समितिको आयोजनामा तिलोत्तमा नगरपालिमा मनाउने निर्णय गरिएको बुटवलमा पत्रकार सम्मेलनमा जानाकारी दिईएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका जिल्ला अध्यक्ष दलबहादुर विरकट्टाले ३९ साल देखि मगरहरुले मगर स्थापना निरन्तर मनाईरहेको र यस बर्ष पनि विविध कार्यक्रम गरी मनाउन लागिएको बताउनु भयो । नेपालको सम्मानीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा मगर स्थापना दिवस मनाउन लागिएको अध्यक्ष विरकट्टाले जानाकारी दिनु भयो ।
उहाले मगरहरुको पहिचान झल्कने खालको संस्कृति प्रदर्शन गरिने पनि जानकारी दिनु भयो । सोही अवसरमा रुपन्देहीमा उच्चा शिक्षा हासिल गरेको करिव ६ सय ६८ जना विद्यार्थीहरुलाई सम्मान गरिने बताउनु भयो । उहाले जारी संविधानमा मगरहरुको अधिकार, पहिचान स्थापित हुन नसकेकोले बताउनु भयो । मगरहरु अहिले पनि संघर्षमा रहेको र यस बर्षको मगर स्थापना दिवस पनि संघर्षकै रुपमा मनाउन लागिएको अध्यक्ष विरकट्टाले बताउनु भयो । विभिन्न अपरोधका वावजुद मगर अग्रजहरुले मगरहरुलाई एकजुट गर्ने कार्यको थालनीको दिनलाई मगरहरुले स्थापनाको रुपमा मनाउदै आईरहेको उहाले जानाकारी दिनु भयो ।
ईतिहास, भाषा, संस्कृति संरक्षण सम्वद्र्धन मगरहरुको मुलमन्त्र, जातीय पहिचान, स्वायत्त शासन सहीतको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुलनाराका साथ यो बर्षको मगर स्थापना दिवस मनाउन लागिएको अध्यक्ष विरकट्टाले जानकारी दिनु भयो । उपाध्यक्ष गिता सारुको स्वागत र कमल थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
