नेपाल मगर युवा संघ देवदह नगरसमितिले आयोजित महिला भलिवल प्रतियोगिता सम्पन्न

Read Time:2 Minute, 41 Second
गोविन्द घर्ति मगर

 

 

फागुन- ११  नेपाल मगर युवा संघ देवदह नगरसमितिले ३४ औं मगर स्थापना दिवसको अवसरमा आयोजित महिला भलिवल प्रतियोगिताको उपाधी एभरेष्ट बोडिङ्ग स्कुल बुटवल हात पारेको छ । प्रतियोगिताको फाईनल खेलमा मिलीजुली महिला समुहलाई पराजित गर्दै एभरेष्टले उपाधी चुमेको हो । एभरेष्ट बोडिङ्ग स्कुलले सिद्धार्थ महिला समुहलाई सोझो ३ सेटमा जित्दै फाईनलमा प्रवेश गरेको थियो भने, मिलीजुली महिला समुहले चारपाला लाङघाली समाजलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । समेमिफाईनल खेलमा एभरेष्टले सिद्धार्थ महिला समुहलाई २५–१४, २५–१३, २५–७ को अन्तरमा जित्दै एभरेष्ट बोडिङ्ग फाईनलमा प्रवेश गरेको थियो ।

 
 
 त्यसैगरी मिलीजुली महिला समुह र चारपाला लाङघाली समुह वीच भएको सेमिफाईनलमा २५–१४, २५–१९, २५–१७ को सोझो सेट जित्दै मिलीजुली फाईनलमा प्रवेश गरेको थियो । एभरेष्ट बोडिङ्ग स्कुल र मिलीजुली महिला समुह वीच भएको फाईनल खेलमा २५–१५, २५–१८, २२–२५, २५–११ मा ३–१ सेट जित्दै एभरेष्ट बोडिङ्ग स्कुल बुटवलले उपाधी जितेको हो । त्यसैगरी पुरुष तर्फ भएको खेलमा आयोजक विजयी भएको छ । मणिमुकुण्ठ र आयोजक वीच भएको फाईनल खेलमा सोझो २ सेटमा आयोजक विजयी भएको हो । प्रतियोगिताको सेमिफाईलनमा मणिमुकुण्डले स्टार स्र्पोटलाई हराउदै र आयोजकले देवदह प्रहरी चौकीलाई हराउदै फाईनलमा प्रवेश गरेको थियो ।
 
फाईनल खेलमा मणिमुकुण्डलाई २५–२२, २५–१८ को सेटमा हराउदै आयोजकले उपाधी जितेको हो । पुरुष तर्फको खेलमा विजेताले नगद २० हजार, ट्रफी र मेडल, दोश्रो हुनेले नगद १२ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । त्यसैगरी महिला तर्फको खेलमा प्रथम हुनेले नगद ७ हजार, ट्रफी र मेडल र दोश्रो हुनेले नगद ४ हजार, ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %