३६ औं राष्ट्रिय जुनियर युवा रेडक्रसको २ दिने गोष्ठी

Read Time:2 Minute, 54 Second

 फागुन ५ ,

३६ औं राष्ट्रिय जुनियर युवा रेडक्रसको २ दिने गोष्ठी रुपन्देहीको देवदहमा फागुन ७ र ८ गते संचालन हुने भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीको आयोजना र नेपाल रेडक्रस सोसाईटी केरवानी उच्च माविको व्यवस्थापनमा उक्त राष्ट्रिय गोष्ठी हुन लागेको हो । ३६ औं राष्ट्रिय जुनियर युवा रेडक्रसको २ दिने गोष्ठीको सम्पूर्ण तयारी पुरा भएको रुपन्देहीको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । गोष्ठीमा ७५ वटै जिल्लाको करिव ५ सय ४२ जनाको सहभागिता रहने पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीका सभापति प्रेमलाल उदासले बताउनु भयो । पत्रकार सम्मेलनमा गोष्ठी सम्पन्न गर्न करिव १२ लाख रुपैया खर्च हुने अनुमान गरिएको सभापति उदासले बताउनु भयो । रेडक्रसको मूल्य मान्यतालाई आत्साथ गरि मानवीय सेवामा समर्पित रेडक्रसकर्मीको उत्पादन गर्ने, मुलुकको रेडक्रस अभियानलाई जिवन्त राख्दै एकाई, उपाशाखा, जिल्ला शाखा र केन्द्रलाई नेतृत्वगर्ने रेडक्रस कर्मीको उत्पादन गर्ने उद्देश्यका साथ उक्त गोष्ठीको आयोजना गरिएको सभापति उदासले बताउनु भयो । गोष्ठीको पुर्वसन्ध्यामा देवदहको शितलनगर देखि केरवानी उच्च मावि सम्म प्रभातफेरी गर्ने गोष्ठीका सहसंयोजक मित्रलाल न्यौपानेले जानकारी दिनु भयो । गोष्ठीमा सहभागि हुने बाहिर जिल्लाका प्रतिनिधिहरुलाई होमस्टेको अवधारण अनुसार राखिने जानकारी दिनु भयो । देवदह क्षेत्र भगवान गौतम बुद्धको मावली स्थल पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्र भएकोले गोष्ठीमा सहभागीहरुलाई देवदह क्षेत्रामा भएको पुरातात्विक एव ऐतिहासिक स्थलहरुको अवलोकन गराउने सहसंयोजक न्यौपानेले बताउनु भयो । सोसाईटीका जिल्ला सभापति प्रेमलाल उदासको अध्यक्षता, मित्रलाल न्यौपानेको स्वागत र कृष्ण पंगेनीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %