१७ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

Read Time:1 Minute, 22 Second

रूद्र श्रीसमगर
पोखरा, ९ फागुन
१७ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस पोखरामा पनि मनाइएको छ ।
मगर भाषा प्रतिष्ठान, कास्की शाखाले मगर साहित्य गोष्ठीको आयोजना गरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएको हो । नेपाल मगर संघ कास्कीको सभाहलमा आयोजित साहित्य गोष्ठीमा मगर लेखक एवं साहित्यकारहरूले मगर भाषामा आ–आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा फूलकुमारी थापामगर, रूद्रबहादुर हितानमगर, रूद्रबहादुर श्रीसमगर, खेम सारूमगर, विनु मसराङ्गीमगर, सुमन थापामगरलगायतले मगर भाषामा आफ्नो रचना वाचन गरेका थिए ।
तत्कालिन पूर्वी पाकिस्तान हालको बंगलादेशमा बंगाली भाषी विद्यार्थीहरूले गरेको आन्दोलन र सो आन्दोलनमा मारिएका बंगाली भाषी विद्यार्थीहरूको सम्मानमा सन् २००० देखि युनेस्कोले फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउन थालेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %