वनको संरक्षण र सम्वद्र्धनमा उपभोक्ताहरु नै लाग्नु पर्ने

Read Time:2 Minute, 41 Second

गोविन्द घर्ती देवदह फागुन ८ ,
वनको संरक्षण र सम्वद्र्धनमा उपभोक्ताहरु नै लाग्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले वनको दुश्मन भनेको वन डढेलो रहेकोले वन जंगललाई वन डढेलाबाट जोगाउनु पर्नेमा जोड दिएका थिए । देवदह बुद्ध सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा आयोजित एक दिने जंगल सम्वन्धी जनचेतना अभिमुखिकरण कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख इन्द्रबहादुर पछाईले वनको बैज्ञानिक सिमाङ्गकन गर्नु जरुरी रहेको बताउदै वनको संरक्षणमा स्थानीयवासी नै लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले सम्पूर्ण देवदहमा रहेका सामुदायिक वन समुहहरु एकजुट भएर लागेमा देवदहलाई नै हराभरा गराउन सकिने बताउनु भयो । अधिकृत पछाईले वन क्षेत्रबाट हुने चोरी निकासीलाई न्यूनिरकण गर्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता, राजनैतिक दलहरु सक्रिय रुपमा लाग्ुन पर्ने बताउनु भयो । देवदह बुद्ध सामुदायिक वन समुहका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सेक्टर वन कार्यालयका प्रमुख सतेन्द्र नारायण सिंह, गाउ वन समन्वय सञ्जाल देवदहका अध्यक्ष खेमनारायण अधिकारी, नेकोसका बद्रिविक्रम सेवेदी, रेडियो देवदहका भिमप्रसाद गुरुङ्ग, प्रगति सामुदायिक वनका डिल्लीराज पन्थ, अनुगमन समितिका संयोजक हिमाल प्रताप सेन, देवदह खानेपानी उपभोक्ता समितिका नमराज पुरी, भेषकुमारी लामिछाने, वासुदेव रिमाल, दलबहादुर पाईजा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । समुहका उपाध्यक्ष थमनसिं गुरुङ्गको स्वागत र बुद्धिसागर अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपभोक्ताहरुले आ–आफना जिज्ञासा राख्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %