बुटवल । माघ ८
सधै झैं यसवर्ष पनि मगर समुदायको एकता दिवस ३४ औं मगर दिवसको अवसरमा गाउँ तथा स्थानिय स्तरदेखी राष्ट्रियस्तरसम्म विविध कार्यक्रमहरु गरेर दिवस मनाउने क्रम सुरु भएको छ । यसैअवसरमा नेपाल मगरसंघ तिलोत्तमा नगर वडा नं ३ इकाई समितिले आज शनिबार शंकरनगर जानकी नगरमा एक कार्यक्रम गरी ३४ आंै मगर एकता दिवस मनाएका छन् । सोही अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ रुपन्देहीका उपाध्यक्ष गीता सारु मगरले अधिकारको लडाँईमा एकजुट भएर संगठित हुन आग्रह गर्नु भयो । एकजुट नहँुदासम्म शक्ति प्राप्त नहुने धारणा राख्दै उहाँले आदिवासी जनजाति एवं मगर लगायत पछाडी परेका वर्गसमुदायलाई जारी संविधानले समेट्न नसकेको बताउनु भयो । इकाई समितिका कार्यबाहक अध्यक्ष यमकला राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर बौद्ध सेवा समाजका केन्दि«य कोषाध्यक्ष मधुमालती बुढाथोकी मगर , नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगर समितिका अध्यक्ष शंकर गाहा मगर , नेपाल मगर महिला संघ रुपन्देहीका सह–सचिव केशरी गाहा मगर , नेपाल मगर संघ तिलोत्तमा नगर समितिका अध्यक्ष प्रेम बहादुर थापा मगर , समाजसेवी मधु राना , नेपाल मगर संघ साविक शंकर नगर गाविसका अध्यक्ष महेश राना लगायतले बोल्नु भएको थियो । सोही अबसरमा समाजमा योगदान पु¥याएको भन्दै समाजसेवी डम्मर बहादुर शुर्यबंशी र उहाँका श्रीमती नरमती शुर्यबंशी , समाजसेवी स्व. थमन बहादुर रानाका श्रीमती अम्बिका राना र समाजसेवी स्व.ओम बहादुर थापाका श्रीमती पवित्रा थापा मगरलाई दोसल्ला तथा कदर पत्रले सम्मान गरिएको छ । संघका सचिव हेमा सारु मगरको सञ्चालन तथा सह–सचिव विष्णु थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
