गोविन्द घर्ती देवदह फागुन ५,
प्राविधिक शिक्षा विना देशको देशको विकास हुन नसक्ने क्षेत्र नं १, रुपन्देहीका सभासद अव्दुल रज्जाकले बताउनु भएको छ । उहाले व्यवसायीक शिक्षा नभएको कारण लाखौ युवाहरु विदेशीनु परेको बताउनु भयो । नेपाली काग्रेस रुपन्देहीका सभापति समेत रहनु भएका सभासद रज्जाकले कर्मचारी तन्त्रको कारण देशमा सोचे जस्तो काम हुन नसकेको बताउनु भयो । सरस्वती माध्यमिक विद्यालय देवदह–१, राजावारीको रजत महोत्सवको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा बोल्दै सभासद रज्जाकले देशको शिक्षा नितीमा आमूल परिवर्तन गर्नु पर्नेमा जोड दिदै शिक्षा क्षेत्रको विकासको लागि राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिनु भयो । उहाले संविधान कार्यान्वयन संगै विकासले फड्को मार्न सक्ने दावी गर्नु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक शर्मा लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद विनोद उपाध्याय, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, पुर्व विद्यालय निरिक्षक सुधीर पौडेल, रामजी प्रसाद चौधरी, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटा, होमराज वस्याल, पिताम्वर खरेल, गुरुदत्त सापकोटा, चन्दादाता चक्रवन्धु थापा, भुपु शिक्षक यमलाल अर्याल, टिकाराम चापागाई, दिनानाथ अर्याल, दुधनाथ कवर, खड्क किशोर काप्mले लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रअ पदमबहादुर रानाले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्थापना कालदेखि विद्यालयको भौतिक, नैतिक, आर्थिक रुपले सहयोग गर्ने चन्दादाता, पुर्व शिक्षक, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई सम्मान गरिइएको थियो । साथै विद्यालयको रजत महोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुदका विजेता विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रम पुर्व विद्यालयबाट शुरु भएको ¥याली ६ नम्वर चोक, ढेकावर हुदै पुनः विद्यालयमा आएर सभामा परिणत भएको थियो । विद्यालयका शिक्षक मस्ताफा महम्मद खांको स्वागत र खेमराज वस्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
