बुटवल ,
संघीय गणतान्त्रिक जनमुक्ति पार्टी तिलोत्तमा नगर वडा नं ८ र ९को संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संघीय गणतान्त्रिक जनमुक्ति पार्टी वडा नं –८ को कार्यसमितिमा नवनिर्बाचित पदाधीकारीहरु अध्यक्ष बल बहादुर गुरुङ्ग , उपाध्यक्ष मञ्जु राना , सचिव राधिका पून , सह–सचिव डम्मर बहादुर थारु , कोषाध्यक्ष श्रीप्रसाद दगामी र सदस्यहरु देउमाया थापा छन्त्याल , केशर थापा , ऋषिराम काउचा , रत्नमाया पून , मन बहादुर थापा , बल बहादुर थापा , कैलाश गुरुङ्ग , कृष्ण गुरुङ्ग लगायतलाई पदस्थापन तथा सपथ गराईएको हो । बल बहादुर थापाको अध्यक्षता तथा संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । समितिको सल्लाहाकारहरुमा श्रीप्रसाद रोका मगर , ज्ञान बहादुर थापा मगर , खर्क बहादुर पून , उद्दलसिंह थापा , यम बहादुर राना , मिन बहादुर छन्त्याल रहनु भएको छ । सपथ समारोहमा पार्टीका तिलोत्तमा नगर समिति सदस्य
कुल बहादुर राना लगायतका समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
