देविका घर्ती मगर
दाङ, फागुन ९ । दाङ जिल्लामा क्रियाशिल मगर पत्रकारहरुको भेला आज आइतवार घोराहीमा सम्पन्न भएको छ । अग्रज पत्रकार उदय जिएमको अध्यक्षतामा सम्पन्न भएको भेलाले रेखा मगरको अध्यक्षतामा ‘मगर आम सञ्चारकर्मी समाज’को दाङ जिल्ला समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा पुनम घर्तीमगर, सचिवमा शान्तकुमार बुढामगर, कोषाध्यक्षमा विमला घर्तीमगर, सदस्यहरुमा बसन्त घर्तीमगर, इरादा झांक्रि मगर ‘इर्धासी’, सागर थापा मगर रहनुभएको छ । भेलाले ‘मगर आम सञ्चारकर्मी समाज’को यहि आउदो फागुन १७ गते काठमाण्डौंमा हुन गइरहेको पहिलो राष्ट्रिय महाधिवेशनका लागि प्रेमबहादुर राम्जा मगर, प्रेम विवश घर्तीमगर, पुनम घर्ती मगर, शान्तकुमार बुढामगर र रेखा मगर (अध्यक्ष)लाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ ।
सल्लाहकार चयन
यसैबिच नवगठित ‘मगर आम सञ्चारकर्मी समाज’दाङको पहिलो बैठक सम्पन्न भएको छ । समाजका अध्यक्ष रेखा मगरको अध्यक्षतामा सम्पन्न भएको बैठकले समाजको सल्लाहकारहरुमा टिकाराम उदासी, उदय जिएम, जेएन सागर, देविका घर्तीमगर र निमुसँगठन घर्तीमगरलाई चयन गरेको छ । यस्तै बैठकले समाजको फागुन १७ गते काठमाण्डौंमा हुन गइरहेको महाधिवेशन सफल पार्ने र जिल्ला भेला गर्न सहयोग गर्ने अग्रज तथा सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
