सोनु थापा
बुटवल । संघीय गणतान्त्रिक जनमुक्ति पार्टी गुल्मी–तराई सम्पर्क मञ्च,रुपन्देहीको भेला नयाँ नेतृत्व चयन गरि बुटवलमा सम्पन्न भएको छ । सोमबार बुटवलमा भएको परिचयात्मक भेलाले कृष्णबहादुर फौजामगरको अध्यक्षतामा ९ सदस्यीय मञ्चकोनयाँ समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा चित्र खप्तडी,सचिवमा केशरीतरामु ,सह–सचिव विष्णु दगामी र सदस्यहरुमा ज्ञानबहादुर थापा,टेकबहादुर बलाल,तिलबहादुर गुरुङ,सावित्रा पुनमगर र बेलकुमारी थापामगर रहनु भएको छ ।भेलाको उद्घाटन गर्दै पार्टीका उप–महासचिव टोप अस्लामीमगरले जारीसंविधानलाई संशोधन गरेर भएपनि सबैको अधिकार सुनिश्चित गराउन आन्दोलनको विकल्प नभएकोमा जोड दिनुभयो । उहाँले अझै पनि शासक वर्गले यहाँका विभेदमा पारिएका जाति,समुदायलाई दोस्रो नागरिकको जस्तो व्यवहार गरेको आरोप समेत लगाउनुभयो । भेलामा बोल्दै स्थायी समिति सदस्य अशोक पूनले संविधानले देशमा नयाँ द्वन्द सिर्जना गरेको बताउनुभयो । राष्ट्रिय भूतपूर्व सैनीक संगठनका केन्दि«य अध्यक्ष भिम बहादुर राना, लुम्विनी राज्य परिषद् उपाध्यक्ष धनी आले , पार्टीका रुपन्देही जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्ग , संघीय गणतान्त्रिक जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं –३ का अध्यक्ष छत्र दर्लामी मगर लगायतले भेलालाई सम्बोधन गर्नुभएको थियो । कार्यक्रम कृष्णबहादुर फौजाको अध्यक्ष्यता तथा केशरी तरामुको सञ्चालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा डीआईडी लिटल च्याम्प विजेता टेरिया फौजामगर,डा.नेत्रराना,अमरपुन,खगबहादुर राना,जमुनापुन,बलबहादुर थापामगरलाई सम्मान गरिएको थियो ।
गुल्मी–तराई सम्पर्क मञ्चको भेला सम्पन्न
Read Time:2 Minute, 26 Second
