लखन थापा मगरको शालिक दाङमा स्थापना

Read Time:7 Minute, 46 Second
देविका घर्ती मगर

 
  दाङ, फागुन २ । सामान्य प्रशासन मन्त्री रेखा शर्माले नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगर सम्पुर्ण जनताको सहिद भएको बताउनुभएको छ । १३९ औं लखन स्मृति दिवसको अवसरमा दाङको घोराहीमा लखन थापाको शालील अनावरण तथा लखन पार्क नामकरण गर्दै मन्त्री शर्माले त्यस्तो बताउनुभएको हो ।


१८९१ मा गोरखा जिल्लाको बुङकोट काउले भञ्ज्याङमा जन्मेका लखन थापा मगरलाई तत्कालीन जहानिया राणा शासनको विरुद्धमा संगठित विद्रोह गरेबापत १९३३ फागुन २ गतेका दिनमा गोरखा मनकामना मन्दिर अगाडिको रुखमा झुण्ड्याएर मारिएको थियोे । लखन थापालाई मारेको लामो समय भैसक्दा पनि राज्यले औपचारिक रुपमा सहिद घोषणा गरेको थिएन । मगर संघ लगायतका संघसंस्थाको लामो समयको आन्दोलन तथा संघर्षपछि २०५६ फागुन ११ गते सहिद घोषणा गरेपनि २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानमा मात्र राज्यले औपचारिकरुपमा प्रथम सहिद घोषणा गरेको हो ।


  लखन थापालाई प्रथम सहिद घोषणा गरेपछि मगर संघ दाङको विशेष पहलमा जिल्लाका सम्पुर्ण राजनीतिक दल, प्रशासन, सरोकारवाला सबैको सहकार्य सहमतिमा घोराही बजारको बिचमा रहेको त्रिभुवन पार्कमा लखन थापाको शालिक अनावरण गरी पार्कको नामसमेत लखन पार्क नामकरण गरिएको हो । राजा त्रिभुवनको नाममा पार्क निमाण गरी शालिक समेत राखिएको उक्त पार्कमा जनआन्दोलन २०६२÷०६३ को क्रममा आन्दोलनकारीले त्रिभुवनको शालिक भत्काइदिएका थिए । प्रथम सहिद लखन थापाको शालिक अनावरण तथा शहिद लखन पार्कको औपचारिक रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले नेपालको मुक्तिका निमित्त लखन थापादेखी हालसम्मका विभिन्न समयमा सहिदहरुको योगदानका कारण आज नेपालले लोकतान्त्रिक संविधान पाएको भन्दै अब त्यो संविधानलाई कसरी कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक भएको बताउनुभयो ।


  क्याप्टेन लखन थापामगर तत्कालिन अवस्थामा जहानिय राणाशासनको विरुद्धमा संगठित विद्रोह गरेवापत हत्या गरिमान्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । उहाँ लगायत विभिन्न समयमा जनताको मुक्तिका निमित्त लोकतन्त्र प्राप्तिका निमित्त आवाज उठाएर सहादत प्राप्त गर्ने तमाम सहिदहरुको योगदानकै कारण आज हामीले संविधान पाएका छौ । केही कुराहरु अपुग हुँदाहुँदै पनि यो संविधानमार्फत हामीले धेरै कुरा पाएका छौ–उहाँले भन्नुभयो, अब हामीले यि पाएका उपलब्धीलाई कसरी संस्थागत गर्ने भन्ने चुनौती रहेको छ । यो कार्यभारलाई तपाई हामी सबैले मिलेर पुरा गर्न जरुरी छ ।’


  प्रथम सहिद थापाको स्मृति दिवसका दिन सार्वजनिक विदा दिन विभिन्न क्षेत्र, निकायबाट माग आइरहेको भन्दै त्यसलाई कसरी व्यवस्था गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भइरहेको बताउनुभयो । लखन थापा एउटा मगर समुदाय आदिवासी जनजाति समुदायको मात्र नभएर समग्र सर्वहारा श्रमजिवि वर्गको मुक्तिका खातिर बलिदानी दिने सहिद भएकाले सबैले अपनत्व ग्रहण गरी उनको सम्मान गर्नसक्नुपर्ने बताउनुभयो । लखन थापाप्रति सम्मान व्यक्त गर्न उनका योगदानहरु समेटिनेगरी संग्रहालय  निर्माण गर्न जरुरी भएको मन्त्री शर्माले बताउनुभयो । संविधान मार्फत प्राप्त गरेका उपलब्धी कार्यान्वयन नगरेसम्म थप उपलब्धी प्राप्त गर्न नसक्ने बताउदै उहाँले त्यसका निमित्त अग्रसर हुन सबैलाई आग्रह गर्नुभयो ।

 
एक अर्को प्रसङ्गमा बोल्दै सामान्य प्रशासन मन्त्री शर्माले दाङ सबै हिसाले प्रादेशिक राजधानी बनाउनका निमित्त उपयुक्त भएको बताउनुभएको छ । त्यसका निमित्त आवश्यक पुर्वाधारहरु बाटो निर्माण तथा खानेपानीको व्यवस्था जस्ता कार्यहरु गर्न आवश्यक रहेको बताउनुभयो । सेन्टरको हिसाबले, प्राकृतिक हिसाबले, विकासका हिसाबले सबै हिसाबले राजधानी बनाउन उपयुक्त भएको भन्दै शर्माले त्यसका लागि यसक्षेत्रका सबैको एकतावद्ध आवाज हुन जरुरी भएको बताउनुभयो ।

 
 
नेपाल मगर संघ दाङका अध्यक्ष शितलाल पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गुरुप्रसाद घर्तीमगर र दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । उपाध्यक्ष दिलकुमारी बुढामगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि तरुणत दल दाङका अध्यक्ष टिका घर्तीमगर, नेकपा एमालेका जिल्ला सदस्य तथा घोराही नगर कमिटिका ईञ्चार्ज भरत अर्याल, एमाओवादी दाङका अध्यक्ष कुवेर वली, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष जीतबहादुर बुढामगर, राप्रपाका राजकुमार गुप्ता, संघिय समाजवादी फोरम नेपाल दाङका ईञ्चार्ज अशोक यादव, सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष तिलबहादुर पुन, नेशनल मंगोल अर्गनाइजेशनका अध्यक्ष समिर पुनमगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा गायक तथा सञ्चारकर्मी प्रेमविवश घर्ती, गायक मिलन बुढा भिमले साँगितिक प्रस्तुती राख्नुभएको थियो ।

यस्तै त्यस अवसरमा नेपाल मगर सांस्कृतिक संघका कलाकारहरु, शारदा पुन लगायतले कौह्रा, सालैजो, टप्पा, थारु नृत्य प्रस्तुत गरेका थिए । यस्तै सम्झि पुनमगरले कविता सुनाउनुभएको थियो । कार्यक्रम गर्नुअघि भव्य झाँक्रिसहितको ¥यालीले घोराही बजार परिक्रमा गरेको थियो । कार्यक्रमको सहजिकरण नेपाल मगर संघ दाङका सचिव  दिल्ली घर्तीमगरले गर्नुभएको थियो ।

 
 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %