देब पचभैया
पाल्पा, फागुन ५ पाल्पामा रिमासोमैको संयोजकत्वमा नौ सदस्सिय मगर आम संचार कर्मीसंघको गठन भएको छ । नेपाल मगर संघ जिल्ला समिति पाल्पाको सभाहलमा बुधबार भएको जिल्ला भेलाले बिक्रम थापालाई सचिब र निर बहादुर सारुलाई कोषाध्यक्षमा चयन गरेको हो ।
भेलाले ज्ञान बहादुर बराल, प्रेम कान्छा मगर, राम सारु, तील्ता सारु , अनु राना र सुमि रानालाई सदस्यमा चयन गरेको छ ।
साथै आगामी फागुन १७ गते काठमाण्डौमा हुन लागेको मगर आमसंचार कर्मी संघको केन्द्रिय भेलामा सहभागीताको लागी ५ जनाको नाम सिफारिस गरेको नवनिर्बाचित अध्यक्ष रिमा सोमैले जानकारी दिनुभयो ।
मगर आम संचार कर्मी संघ पाल्पाको कार्यसमितिलाई नेपाल मगर संघ पाल्पाका सचिब यस कुमार गरम्जा, नवसंबाद साप्ताहिकका संपादक रेखिराम राना, जनजाति पत्रकार महासंघका पश्चिमाञ्चल प्रमुख देब पचभैया , नेपाल मगर संघका केन्द्रिय सदस्य गम बहादुर थापाले बढाई दिदै थप प्रगतिकोलाई सुभकामना दिनुभएको थियो ।
पाल्पाका बिभिन्न संचार माध्यममा २० भन्दा बढी मगर संचारकर्मीहरुको सहभागीता रहेको छ ।
