२१ औं जनयुद्ध दिवसमा क्रान्तिकारी माओवादीले बेलुन उडायो

Read Time:2 Minute, 17 Second
रूद्र श्रीसमगर


पोखरा, १ फागुन तत्कालिन नेकपा (माओवादी)द्वारा सञ्चालित दश वर्षे जनयुद्धको २१ औं वर्षगाँठ पोखरामा पनि मनाइयो ।


नेकपा (क्रान्तिकारी माओवादी) कास्कीले २१ औं जनयुद्ध दिवसका अवसरमा पोखराको लखनचोकमा २१ औं जनयुद्ध दिवस, नेकपा (क्रान्तिकारी माओवादी) लेखिएको ब्यानरसहितको बेलुन उडायो । क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवं तमुवान राज्य सह–संयोजक रामजी थापाले बेलुन उडाउनुभएको थियो ।


सो अवसरमा बोल्दै नेता थापाले जनयुद्धका क्रममा उठाइएका कैयन् मुद्दा अझै पनि पूरा नभएको भन्दै क्रान्तिकारी कम्युनिष्टहरूलाई एकताबद्ध गरेर नयाँ जनवादी क्रान्तिको तयारीमा जुट्नुपर्नेमा जोड दिनुभयो । अर्का केन्द्रीय सदस्य एवं तमुवान राज्य सह–संयोजक हरिबहादुर चुमान ‘अजित’ले तत्कालिन पार्टीको मूल नेतृत्वका कारण जनयुद्धले गम्भीर धक्का खाएपछि आम नेता, कार्यकर्ताहरूमा निराशा छाएको भन्दै अब नयाँ उत्साहका साथ नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने तयारीमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा क्रान्तिकारी माओवादी कास्कीका संयोजक अर्जुन छन्त्याल, सह–संयोजक भीमबहादुर श्रीसलगायतले बोल्नुभएको थियो ।


यसैबीच, शनिबार नै सम्पन्न नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला संयोजन समिति, कास्कीको बैठक समेत सम्पन्न भएको छ । सो बैठकले केन्द्रीय परिपत्र अनुसार तीन महिने पार्टीको संगठन सुदृढीकरण एवं विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %