१५ बर्षे मगर बालकले बनाए पानीबाट चल्ने स्काइभेटर

Read Time:4 Minute, 41 Second
सुखिलाल चौधरी 


उदयपुर, १ फाल्गुन –गर्न सक्दा के चिज सम्भव छैन् । विदेशका नागरिकले मात्र गर्न सक्छन भन्ने हैन साथसहयोग, वातावरण र उचित सामग्री भए स्वेदशकै बालबालिका र युवाहरुले केहि गर्न सक्छन् । हामीले विश्वमा फलाना व्यक्तिले फलानो चिजको अविश्कार गरे भन्ने सवालहरु सुन्दै आएका छौ । तर नेपालमा त्यस्ता व्यक्ती छन् जसले विश्वलाई नै चकित बनाउने खुबि भएकाछन् ।

  जसको उदाहरण काठमाण्डौँ सहरका केहि इन्जिनियरिङ्ग संस्थाका बिद्यार्थी र अन्य सहरका बिद्यार्थीका नामहरु बेलामौकामा मिडियाहरुमा चर्चामा आउने गरेकाछन् । यस्तै नयाँ कुराको आविश्कार एउटा ग्रामिण भेगको सामुदायिक बिद्यालयमा अध्ययन गरेका एक छात्रले भर्खरै आविश्कार गरेर सबैलाई अचम्मित बनाएका छन् ।


उनको त्यो कलाले विद्यालयका शिक्षक, अभिभाव, विद्यार्थी र स्थानीय बालक चकित बनेकाछन् । निर्माण सामग्री हेर्नेको भिड लाग्न थालेको छ । जिल्लाको उत्तरपश्चिम गाबिस रौता–९ स्थित उच्च माध्यमिक विद्यालय मुर्कुचीमा कक्षा १० मा अध्ययनरत १५ बर्षीय हिमालकुमार राना मगरले पानीबाट चल्ने जेसिवी (स्काइभेटर)को आविश्कार गरेपछि यतिबेला मुर्कुची बजारले निकै चर्चा पाएको छ ।


झण्डै चार महिनाको निरन्तर प्रयासपछि बालकले जेसिवी बनाएर प्रयोगमा ल्याएका हुन् । विद्यालयका प्रधानाध्यापक एवंम विज्ञान विषयका शिक्षक खड्गबहादुर थापा मगरका अनुसार बालकले कक्षा १० को विज्ञान पाठ्यक्रको विषय वस्तुअन्तर्गत पास्कलको नियम सिद्धान्त बमोजिम जेसिवी निर्माण गरेका हुन् ।

Watch Video

१० कक्षाका बिद्यार्थी हिमाल कुमार कुमार राना मगरले पानीबाट चल्ने जे सि भि बनाएर सबैलाई चकित पारेका छन


उनले आफुले पढाएको पास्कलको सिद्धान्तलाई व्यवहारमा उतारेर सबैलाई चकित बताएको बताए । उनको प्रतिभा देख्दा भविश्यमा केहि गर्न सक्ने विश्वास रहेको बताए । प्रयोग भैसकेको सिरिन्च, सलाइन पानीको पाइप, बाँस, काठको टुक्रा र पिनको सहाराले जेसिवी बनाउन सफल भएको हिमालको भनाई छ । थोत्रा कार्टुनलाई टेपले टालेर जेसिवी बनाएको मगरले बताए ।


उनले भने, ‘मैले पास्कलको नियम स्कूलमा पढेर बजारबाट थोत्रा सलाइन पानीको पाइप र मेरो घरमा गाई भैसीलाई प्रयोग गरेर फ्याकेको सिरिन्च प्रयोग गरी स्काईभेटर बनाएको हु ।’ उनले स्काइभेटर बनाउनमा करिव चार÷पाँच महिना लागेको बताए । ‘एक÷दुई पटकको प्रयास असफल भएपनि उत्तिकै मेहनत गरेको थिए,’ हिमालले भने, ‘लामो समयको प्रयासले बनाउन सफल भए, यसले थप उर्जा मिलेको छ ।’ उनले सबैको साथसहयोग मिले अन्य धेरै प्रतिभा देखाउन सक्ने आफुमा विश्वास जागेको बताए


प्रअ मगरले हिमालको प्रतिभा र क्षमतालाई उजागर गराउन सहयोगी निकायको खोजी गरिनु पर्ने बताए । उनको सपना एसएलसीमा राम्रो डिभिजनमा पास भै इन्जिनियर बन्ने छ तर घर परिवारको आर्थिकअवस्था नाजुक भएकोले भविष्यमा पढाउन सक्ने वा नसक्ने चिन्ता आमा बुवामा रहेको छ प्रअ मगरले भने । उनका बुवा गमबहादुर राना मगर गाउँ घरमा सामान्य गाई, भैसी तथा खसी बाख्रा विरामी परे उपचार गर्ने गर्दछन् । सामान्य परिवारमा जन्मेका हिमाल अध्ययनमा लगनशिल रहेको शिक्षकहरुको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %