गोबिन्द घर्ती
बुटवल,फागनु १ । सरस्वती माध्यमिक विद्यालय राजावारीको रजत महोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताहरु सम्पन्न भएको छ । जस अन्र्तगत छात्र तर्फको रिले दौडमा भविश्य निर्माण उच्च मावि प्रथम, सरस्वती मावि द्धितिय, देवदह उच्च मावि तृतिय भएको छ, भने छात्रा तर्फको खेलमा देवदह ईङलिस बोडिङ्ग स्कुल प्रथम, एशियन लाईट बोडिङ्ग स्कुल द्धितिय र सिक्टहन मावि तृतिय भएको छ ।
कवड्डीको छाात्र तर्फ देवदह ईङलिस बोडिङ्ग स्कुल प्रथम, महामाया भवानी उच्च मावि द्धितिय भएको छ । हाईजम छात्रा तर्फ भविश्ष्य निर्माण उच्च मावि प्रथम, सिक्टहन मावि द्धितिय भएको छ भने, छात्र तर्फ भविष्य निर्माण उच्च मावि प्रथम, सिक्टहन मावि द्धितिय भएको विद्यालयले जनाएको छ । ३ हजार दौड छात्र तर्फ देवदह उच्च मावि प्रथम, खड्ग मावि द्धितिय, एशियन लाईट तृतिय भएको छ भने, छात्रा तर्फ बुद्धपव्लिक प्रथम, जनता मावि द्धितिय, देवदह उच्च मावि तृतिय भएको छ । भलिवलको छात्रा तर्फ जनता मावि प्रथम, महामाया उच्च मावि द्धितिय भएको छ । विद्यालयले यही फागुन ५ गते रजत महोतसव मनाउदै छ ।
