रूद्र श्रीसमगर
पोखरा, १ फागुन मिलेनियम टे«क व्यवस्थापन समितिको अग्रसरतामा स्याङ्जा जिल्लाको कोल्मा गा.वि.स.को क्याङ्दीदेखी विसौनासम्म (९४४ मी. लामो) र राङ्भाङ् गा.वि.स.को धोबादी भञ्ज्याङदेखि राङ्भाङ्सम्म (४१३ मी. लामो) निर्माण हुने पदमार्ग सिंढीको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ
। पदमार्गको शिलान्यास गर्दै प्रमुख अतिथि पर्यटन कार्यालय, पोखराका कार्यालय प्रमुख डोलराज ढकालले पर्यटन विकासका लागि स्थानिय उत्पादन र संस्कृतिको प्रबद्धन आवश्यक रहेको बताउनुभयो । मिलेनियम टे«क व्यवस्थापन समितिका अध्यक्ष नबिन प्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानिय आमा समूह, युवा क्लबका पदाधिकारीहरु, भद्रभलाद्मी एवम् सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा मिलेनियम टे«क व्यवस्थापन समितिका निवर्तमान महासचिव आश बहादुर गुरुङ, राज कुमारी गुरुङ, हेमन्त थापा, गोपाल पौडेल, बाल कुमार गुरुङ, खुम बहादुर थापा, भुवन कुमार आले लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सिलन्यास भएको पदमार्ग आगामी फागुन मसान्त सम्म जम्मा रु.१८ लाख (मिलेनियम टे«क व्यवस्थापन समितिद्वारा प्रदान हुने १५ लाख र कोल्मा गा.वि.स. र राङ्भाङ गा.वि.स.ले प्रदान गरेको रु.३ लाख)को लागतमा सम्पन्न हुने र निर्माण कार्यमा जनसहभागिता पनि रहने जानकारी मिलेनियम टे«क व्यवस्थापन समितिका महासचिव हर्कबहादुर गुरुङले दिनुभयो । समितिका सचिव शंकर विरही गुरुङले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष नेत्रप्रसाद गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।
