बागलुङ–पोखरा मगर समाजले नेपाल मगर संघको ३४ औं स्थापना दिवस मनाउने

Read Time:1 Minute, 12 Second
रूद्र श्रीसमगर
पोखरा, १ फागुन नेपाल मगर संघको ३४ औं स्थापना दिवस अर्थात् मगर दिवसका अवसरमा बागलुङ–पोखरा मगर समाजले विशेष कार्यक्रम गर्ने भएको छ ।

समाजको शनिबार सम्पन्न बैठकले विशेष कार्यक्रम गरी मगर जातिको छाता संगठन नेपाल मगर संघको ३४ औं स्थापना दिवस तथा मगर दिवसका अवसरमा यही फागुन १५ गते विशेष कार्यक्रम गर्ने निर्णय गरेको समाजका अध्यक्ष मेखबहादुर छन्त्याल मगरले जानकारी दिनुभयो ।

समाजले नेपाल मगर संघ कास्कीले आयोजना गर्ने विशाल ¥यालीमा सहभागी हुने निर्णयसँगै शान्ति वनबाटिकामा सांस्कृतिक कार्यक्रम गरी मगर दिवस मनाउने निर्णय गरेको अध्यक्ष छन्त्याल मगरले जानकारी दिनुभयो । साथै, नेपाल मगर संघ कास्कीको मगर दिवस ¥यालीमा बाजागाजासहित सहभागी हुने निर्णय पनि गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %