देबेन्द्र सारू मगर
गैंडाकोट, २ फागनु २०७२ – नेपाल मगर संघ नगर समिति गैंडाकोटले प्रथम सहीद क्या. लखन थापा मगरको १३९औं स्मृति दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
गैंडाकोट स्थित शहीद लखनचोकका भएको सो कार्यक्रम नेपाल मगर संघ नवलपरासीका जिल्ला निवर्तमान अध्यक्ष गजेन्द्र आले मगर प्रमुख आतिथ्य, नेपाल मगर लेखक संघका संस्थापक केन्द्रीय महासचिव उजीर राना मगर विशेष अतिथि साथै अतिथिहरुमा नेपाल मगर संघ जिल्ला कार्यसमिति नवलपरासीका सदस्य तुलबहादुर सुनारी मगर, नेपाल आदिबासी जनजाति महासंघ गैंडाकोट नगर समन्वय परिषद्का अध्यक्ष बालुराम कुमाल, नेपाल मगर बौद्ध सेवा समाज जिल्ला कार्यसमिति नवलपरासीका सदस्य श्री चेतबहादुर सारु मगर यसैगरी रमिता सारु मगर स्मृति प्रतिष्ठान नेपालका प्रधान संरक्षक चीनबहादुर सारु मगर लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक कोकिसरा राना मगरको सभापतित्व सम्पन्न भएको सो खुल्ला रक्तदान कार्यक्रममा ३२ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । नेपाल रेडक्रस भरतपुर चितवन , रमिता सारु मगर स्मृति प्रतिष्ठान नेपाल र न्यू जागरण लाफा कल्व गैंडाकोट कार्यक्रम सहयोगी संस्थाको रुपमा रहेका थिए ।
