गोबिन्द घर्ती
बुटवल,फागुन १ । अखिल नेपाल महिला संघ वडा नं ७ को विस्तारित बैठक देवदहको मिलन टोलमा सम्पन्न भएको छ । यमुना पौडेलको अध्यक्षता र संघका जिल्ला उपाध्यक्ष रेवती घलेको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै उपाध्यक्ष घलेले अधिकारको लागि महिलाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । बैठकमा पार्टीका क्षेत्रीय सदस्य जसमान गुरुङ्ग, अखिल नेपाल महिला संघ देवदह नगरसमितिका अध्यक्ष शिला मल्ल, नगर सदस्य सावित्रा सारु, कमल अर्याल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । फुलमाया श्रीषको संचालनमा बैठक सम्पन्न भएको थियो ।
