दिल प्रसाद मगर ,
आगामी फागुन २ गते प्रथम शहीद लखन थापा मगर तथा शहीद जयसिंह चुमी रानामगरको १३९ औं स्मृति दिवश उनीहरुकै जन्मथलो एवं सहादत प्राप्त गरेको ठाउँ गोरखा, बुंकोटमा प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठान, बुंकोट गा.वि.स., प्रथम शहीद लखन थापा मगर तथा जयसिंह चुमी प्रजातान्त्रिक युवा क्लव, बुंकोट र नेपाल मगर संघ, केन्द्रीय समिति एवं जिल्ला समिति, गोरखाले संयुक्त रुपमा मनाउने भएको छ ।
यस अवसरमा विभिन खेलकुद, दौड र नृत्य प्रतियोगिता हुने भएको छ । यसै बर्ष नेपाल सरकार, मन्त्रीपरिषदले गत असोज ३ गते लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको थियो र यो ऐतिहासिक उपलब्धी हासिल भएको बर्ष लखन प्रतिष्ठान र नेपाल मगर संघ, केन्द्र्रीय समितिले बुंकोटमा स्मृति दिवश मनाउने निर्णय गरेको हो । यसै सिलसिलामा स्थानीय निकाय तथा सरोकारवाला संस्थासंग सहकार्यमा गरिने भएको छ ।
दिल प्रसाद मगर
महासचिव, प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठान
