रूद्र श्रीसमगर
पोखरा, २६ माघ पोखराको व्यस्त बजार सिर्जनाचोकमा गोरखा कालिका स्टोर्स सञ्चालनमा आएको छ ।
युवा व्यवसायी भरत भट्टले करिब दुई करोड रुपैयाँ लगानीमा डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याउनुभएको हो । स्टोर्सको सोमबार औपचारिक शुभारम्भ गरिएको छ । शुभारम्भका अवसरमा स्टोर्समा सामान खरिदमा विशेष छुटको व्यवस्था गरिएको स्टोर्सका सञ्चालक भट्टले जानकारी दिनुभयो ।
गोरखा स्थायी घर भएका युवा व्यवसायी भट्टले यस अघि पोखराको न्यूरोडमा रेष्टुरेण्ट सञ्चालन गर्नुभएको थियो ।
