रूद्र श्रीसमगर
पोखरा, २६ माघ पुन युनाइटेड क्लब, पोखराले तेस्रो भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आगामी फागुन २५ गतेदेखि सुरु हुने प्रतियोगिताको प्रथम पुरस्कार ६० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र तथा द्वितीय पुरस्कार ४० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र रहेको क्लबका अध्यक्ष भीम राम्जाली पुनले जानकारी दिनुभयो ।
युवाहरूलाई खेलकुदमा आकर्षित गर्न तथा भलिबल खेलाडी उत्पादन गर्न सो प्रतियोगिताको आयोजना गरिएको जनाउँदै अध्यक्ष राम्जालीले आगामी फागुन २५ गतेसम्म नाम दर्ताको समय रहेको जानकारी दिनुभयो ।
