माया घले मगर
आरोह श्रेष्ठको अध्यक्षतामा १७ सदस्यिय कार्यसमिति चयन
रोजगारीको शिलशिलामा इजरायलमा रहेका नेवारहरूको संस्था नेवा:खल इजरायलले बार्षिक उत्सबको अवसरमा नयाँ नेतृत्व चयन गरेको छ ।
अन्जी खलले गत ५ फब्रुअरी शुक्रबार तेलअबिबमा संस्थाको स्थापनाको पाचौ बर्ष पुरा गरी छैठौं बर्षमा प्रवेश गरेको अवसरमा विशेष सभाको आयोजना गरी छैठौ बार्षिक उत्सव तथा अधिवेशन सम्पन्न गरेको हो । यस संगै नेवा:खल इजरायलमा आरोह श्रेष्ठको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको छ ।

त्यस्तै साधारण सदस्यहरुमा हिरा देबि श्रेष्ठ, मिरा श्रेष्ठ, राम प्रधान, यमुना प्रधान, र ईशा श्रेष्ठ रहेका छन् । संस्थाका सल्लाहकारहरुमा पुष्प श्रेष्ठ, नरेश श्रेष्ठ र श्याम श्रेष्ठलाई चयन गरिएको छ ।
नेवा:खल इजरायलले आफ्नो धर्म, संस्कृति तथा रितिरिवाजका साथै आफ्नो पहिचान बचाई राख्नका लागि पनि आफुहरु एकजुट हुनुपर्ने बताए । आफ्नो कामको बाबजुत पनि प्रवासमा रहेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको नेवा: खल इजरायलले नया नेतृत्व लिए संगै अझ सक्रिय रुपले आगाडी बढ्ने आशा गरिएको छ ।
