माया घले मगर
पर्वत सेवा समाज इजरायलको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा पर्वतको भगरा उल्लेरी गाविस वाड नम्वर १ मा एक दिने निशुल्क आँखा शिविर सञ्चालन गरिने भएको छ ।
आगामी २५ फ्रेव्रुवरी २०१६ तदानुसार १३ फागुन २०७२ मा भगरा उल्लेरी १ स्थित लिमि निमाविमा सञ्चालन हुने उक्त निशुल्क आँखा शिविरलार्इ सफल पार्न आयोजकले प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।रेडियो पर्बत, दिदिबहिनी एफएम कुश्मा, रेडियो कुश्मा लगायत विभिन्न अनलाइन मिडियाहरुबाट समेत प्रचार प्रसार शुरु गरिएको उक्त शिविरको रेडियो पर्बत र दिदिबहिनी एमएमले निशुल्क सहयोग गर्ने भएका छन् भने केही एफएमहरुले सहुलियत दरमा शिविरको प्रचार प्रसार शुरु गरेका छन् । बिरामीको अवस्था हेरी निशुल्क शल्यक्रिया (अप्रेसन), चश्मा र औषधि उपलब्ध गराइने उक्त निशुल्क आँखा शिविरमा सेवा लिन आउने बिरामीहरुलाई पर्वत सेवा समाज इजरायलका उपाध्यक्ष नरेन्द्र राथोड क्षेत्रीले निशुल्क चिया नास्ताको ब्यवस्था गर्नु हुने भएको छ ।
त्यस्त पर्वत सेवा समाज इजरायलको यस प्रयासलाई पर्वत अस्पताल कुश्मा तथा भगराबासी पर्वतेलीहरु, स्थानीय क्लव, आमा समूह, स्थानीय स्वास्थ्य चौकी, विद्यालय लगायतले भरपुर सहयोग गर्ने भएका छन् । त्यस्तै आँखा शिविरकोलागि तय गरिएको स्थान लिमि निमावीले यताशक्य सहयोग उपलव्ध गराउने विद्यालयका प्रधानध्यापक तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष़ले बताएका छन् ।
दयनिय आर्थिक अवस्थाका कारण आँखा जस्तो संवेदनशिल अंगको रोगको समस्याबाट ग्रसित भएकाहरुको उपचारार्थ तन मन र धनले सहयोग गर्नुहुने सहयोगी मनहरुलाई पर्वत सेवा सामाज इजरायलले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तै समाजले शिविरलाई मन बचन र कर्मले सफल बनाउन सम्पूर्ण सञ्चारकर्मी, समाजसेवी, बुद्धिजिवी, स्वास्थ्यकर्मीहरु लगायतलाई पर्वत सेवा समाज इजरायलको हार्दिक अनुरोध छ ।
नरेन्द्र छेत्री—————–३०,०००
निरुद्र सुबेदी ————-५,०००
कनारायण सुबेदी ———५,०००
दीपक क्षेत्री ——————५,०००
अर्जुन साबित्री पौडेल ——-५,०००
राजेन्द्र लामिछाने ———–५,०००
हिरा देवी श्रेष्ठ ————–५,०००
रमा जोशी ——————५,०००
राधा जोशी ——————५,०००
कुशुम कुमाल —————५०००
नारायण गौडेल ————-२,५००
दिया चापागाई————–२,५००
शान्ता सुबेदी ————- २,१००
कोपिला भुसाल ————१५००
